२०८३ असार ३० मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३० मंगलवार

निजगढमा पनि मनाईयो मोहम्मद डे

बारा–मुस्लिम धर्मावलम्बीहरूले बिहीबार इस्लाम धर्मका प्रवद्र्धक हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म जयन्ती मोहम्मद डे बारामा पनि मनाईएको छ ।

बाराको निजगढमा राजमार्गमा शान्ति ¥याली निकालिएको छ । सुन्नी मुस्लिम परिवार निजगढका शेख अन्जर हुसेनका अनुसार र्‍यालीमा निजगढ नगरपालिकाका मेयर सुरथ पुरी, राजनीतिक दलका नेताहरु नवराज तिमल्सिना, सन्तोष दंगाल, खड्गप्रसाद उप्रेती, भिमप्रसाद सापकोटा लगायतको उपस्थिति रहेको थियो ।

हजरत मोहम्मदको जन्म इस्लामी पात्रो हिजरी संवत् रब्बीअव्वल महिनामा साउदी अरबको मक्कामा बिबि आमिनाको कोखबाट भएको बताइन्छ । उनको निधन ६३ वर्षको उमेरमा साउदी अरबकै मदिनामा भएको थियो ।

पैगम्बर मोहम्मदको जन्मदिनमा मुस्लिम धर्मावलम्बीले विभिन्न नाअत शरिफ वाचन गर्ने तथा उनका उपदेश र वाणीको स्मरण गर्ने गर्दछन् ।
पर्सा–
वीरगन्जका मुस्लिम अगुवा मुस्सरफ खानले मोहम्मद डेका दिन विश्वभर हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामको जन्म दिन मनाउने गरिएको बताए ।

मुस्लिम अगुवा वसिम आलमले हजरत मोहम्मद पैगम्बर सल्लाह अलैवसल्लामले संसारमा शान्ति स्थापना गर्न र एक आपसमा भाइचारा अभिवृद्धि र एक अर्काका लागि राम्रो कामको कामना गर्नुपर्ने सन्देश दिएका कारण मुस्लिम समुदायका लागि आजको दिन महत्वपूर्ण रहेको बताए ।

वीरगन्जमा पनि आज मुस्लिम धर्मावलम्बीले मोहम्मद डे मनाएका छन् । बिहान वीरगन्जको छपकैया, इनर्वा, गहवा, लाठगल्ली, मुर्ली, बहुअरी लगायतका टोलबाट निकालिएको जुलुश नगर परिक्रमा गरेर घणटघर चोकमा पुगेर समापन भएको थियो ।

मोहम्मद डे मा आज मधेस सरकारले सार्वजनिक बिदा समेत दिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।