२०८३ असार २४ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २४ बुधबार

ट्रम्पका प्रतिद्वन्द्वी बाइडेनलाई प्रभावशाली मिडियाको समर्थन

 विश्वका केही प्रभावशाली अखबार र म्यागेजिनले अमेरिकी राष्ट्रपतिको निर्वाचनमा डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई खुलेर समर्थन गरेका छन् ।

निर्वाचनको पूर्वसन्ध्यामा लण्डनबाट प्रकाशित हुने प्रसिद्ध पत्रिका दि इकोनोमिष्टले राष्ट्रपति डोनाल्ड ट्रम्पका प्रतिद्वन्द्वी  जो बाइडेनलाई समर्थन गरेर एक लेख प्रकाशित गरेको छ र, म्यागेजिनको कभरपेजमा किन जोड बाइडेन हुनुपर्छ भनेर उल्लेख गरेको छ ।

विश्वमा नै प्रभावशाली मानिने दि इकोनोमिष्ट आर्थिक उदारवाद र खुल्ला बजार अर्थतन्त्रको पक्ष लिने गर्छ । सो पत्रिकाले सन् १९८० देखि नै अमेरिकी निर्वाचनमा कुनै एक उम्मेदवारको समर्थन गर्ने गरेको छ ।

सन् २०१६ मा सो पत्रिकाले हिलारी क्लिन्टनको समर्थन गरेको थियो । सो अखवारले भनेको छ, ‘बाइडेन जादु त होइनन्त, र उनले चुनाव जित्दा ह्वाइट हाउसको इज्जत बढ्छ ।’

अर्काे प्रभावकारी अखबार न्यूयोर्क टाइम्सले पनि यस अगाडि नै बाइडेनको समर्थन गरेर सम्पादकीय लेखिसकेको छ । सो अखबार पनि संसारभरि नै प्रभावशाली अखबार मानिन्छ ।

बाइडेनलाई समर्थन गर्दै सो अखबारले बाइडेनले अमेरिकाको आत्मा पुर्नस्थापना गर्ने बताएको छ । सो अखबारले अमेरिका चार बर्ष अगाडिको तुलनामा कमजोर र विभाजित भएकाले बाइडेनले निर्वाचन जित्नुपर्ने तर्क गरेको छ ।

बासिङटन पोष्टले पनि अबको राष्ट्रपति बाइडेन हुनुपर्छ भनेर सम्पादकीय नै प्रकाशित गरेको छ ।  अखबारले आफ्नो सम्पादकीयमा भनेको छ, ‘जो बाइडेन एकदमै योग्य उम्मेदवार हुन् । उनले आगामी चार वर्षमा आउने चुनौतीहरुलाई राम्रोसँग सामना गर्न सक्छन् ।’

त्यसैगरी युएसए टुडे, लस एन्जल्स टाइम्स लगायतका पत्रिकाले पनि बाइडेनको पक्ष लिएका छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।