२०८३ असार २१ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २१ आईतवार

ट्रान्सफर्म नेपाल लालबन्दीले १५ नम्बर वडाको ४ ओटा गाउँमा पानी पु¥याउने

सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १५ मा ट्रान्सफर्म नेपालले खानेपानी ब्यबस्थापन गरिदिने भएको छ । लालबन्दी नगरपालीका वडा नम्बर १५ को ४ ओटा गाउँमा खानेपानीको ब्यबस्थापनमा संस्था जुटेको हो । साबिकको परवानीपुर गाबिस अन्तर्गत पर्ने चिसापानी, कटहरबोट टोल, सतभैया र तल्लो सतभैयामा संस्थाले खानेपानीको ब्यवस्थापन गर्न लागेको हो ।

संस्थाले कालीञ्जोर खोलामा पानीको अन्डरग्राउण्ड ईन्टेक बनाएर ४ ओटा गाउँमा पानी पु¥याउन लागेको संस्थाका फिल्ड सुपरभाईजर नकुल राईले जानकारि दिनुभयो । त्यसको ब्यबस्थापनका लागी भन्दै संस्थाले उक्त गाउँहरुमा ४ ओटा समिती पनी गठन गरेको छ ।

समिती गठन पछी सामुहिक तश्विर खीचाउँदै कटहरबोट CHE समुह

आईतवार फिल्ड सुपरभाईजर राईको संयोजकत्वमा ४ ओटै गाउँमा समिती गठन गरिएको हो । जस अन्तर्गत कटहरबोट टोलमा लोक बहादुर खड्काको अध्यक्षतामा ५ सदसिय कटरहरबोट टोल CHE कमिटी गठन गरिएको छ । कमिटिको सचिवमा ललित बहादुर बिश्वकर्मा, कोषाध्यक्षमा दुर्गादेवि सिंह र सदस्यद्वय चाँदनी थामी र बिन्दा कार्कि चयन भएका छन ।

त्यस्तै चिसापानीमा गणेश बहादुर कार्कि, सतभैयामा बद्रि बहादुर थापा र तल्लो सतभैयामा बम बहादुर गुर्माछान मगरको अध्यक्षतामा ५/५ सदसिय समिती गठन गरिएको छ । Living water project मार्फत ४ ओटा गाउँमा पानी पु¥याउने उद्देश्यले १ हप्तामा काम सुचारु गरिने संस्थाले जानकारि दिएको छ ।

हाल कालिञ्जोर खोलामा ट्यांकी निर्माण गरेर गाउँमा पानी बितरण गरिएको भए पनी खोलामा बाढि आउनेबितिक्कै पाईप बगाउने गरेको छ । जसबाट त्यस क्षेत्रका स्थानियले खानेपानीको समस्या भोग्दै आएका छन ।

संस्थाले I want to learn प्रोजेक्ट अन्तर्गत लालबन्दीको ३ र १४ नम्बर वडा, हरिपुर नगरपालीका सँगै रौतहट र धनुषामा पनी काम गरिरहेको छ । साथै आईवार गठित ४ ओटा समिती मार्फत पनी ४ ओटै गाउँमा उक्त कार्यक्रम संचालन गर्ने संस्थाले जनाएको छ ।

संस्थाले The Amity Foundation चिनको सहयोगमा स्थानिय सरकार सँग सहकार्य गर्दै सामुदायिक स्वास्थ्य शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।