२०८३ असार २१ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २१ आईतवार

विश्‍व प्रसिद्ध महान अर्जेन्टिनी फुटबलर ‘डिएगो म्याराडोना’को निधन

 महान अर्जेन्टिनी फुटबलर  डिएगो म्याराडोनाको निधन भएको छ । उनको ६० वर्षको उमेरमा हृदयघातका कारण निधन भएको हो । म्याराडोनाले मस्तिष्कमा रगत जमेपछि तीन हप्ता अघि  शल्यक्रिया गरेका थिए । 

आर्जेन्टिनालाई विश्वकप जिताउन उनले महत्वपूर्ण भूमिका निभाएका थिए । उनी ३७ बर्षको उमेरसम्म व्यवसायिक खेल खेलिरहेका थिए ।  

म्याराडोना विश्‍वभर सर्वकालिन चर्चित फुटबलर हुँदा हुँदै विवादित छवि भएका अर्जेन्टिनी खेलाडी थिए । लागूऔषध सेवन तथा दुर्व्यवहारका कारण उनी बारम्बार चर्चा र विवादमा आउने गरेका थिए । उनका वकिलले मिडियाहरुलाई दिएको सूचना अनुसार उनको घरमै हृदयघातका कारण निधन भएको हो । शल्याक्रिया गरेको ३ हप्तापछि निधन भएको बताइएको छ ।

म्याराडोनाको कप्तानीमा अर्जेन्टिनाले १९८६ को विश्‍वकप जितेको थियो । त्यसबेला विश्‍व फुटबलमा दबदबा कायम गरेको इङ्ल्याण्डलाई अर्जेन्टिनाले हराएको थियो । त्यसभन्दा पनि प्रमुख कुरा इङ्ल्याण्डसँग अर्जेन्टिनाले युद्ध हारेको लगत्तै उक्त विश्वकप भएको थियो । जुन जितलाई म्याराडोनाले फकल्याण्ड टापु हार्दाको इङ्ल्याण्डसँग बदलाको रुपमा पनि अर्थ्याएका थिए ।

यद्यपि म्याराडोनाले हातले गोल हानेको कुरा जितको घोषणापछि मात्रै थाहा भयो । जुन गोललाई म्याराडोनाले ‘ईश्वरको हात’ भनिदिए । जुन घटना र प्रसंग अझै विश्व फुटबल इतिहासमा स्मरणीय मानिन्छ ।

त्यसपछिका केही वर्षमा अर्जेन्टिनी फुटबलको उचाइ र प्रभाव बढ्नुमा म्याराडोनाको महत्वपूर्ण भूमिका मानिन्छ । तर पनि उनी बारम्बार खेलमा प्रतिबन्धित हुनुका साथै अत्याधिक लागूऔषध सेवनका कारण सुधारगृहमा समेत बस्‍नु परेको थियो ।

१९९९ र २००० मा पनि उनी मुटु सम्बन्धी समस्याका कारण अस्पताल भर्ना हुनु परेको थियो । २००४ मा फेरि स्वासप्रस्वास तथा लागूऔषध सेवनबाट उत्पन्न स्वास्थ्य समस्याका कारण अस्पतालमा उनको उपचार गरियो ।

पछिल्लो पटक २०१० को विश्वकपमा म्याराडोनाले राष्ट्रिय टीमको व्यवस्थापन गर्ने अवसर पाएका थिए । त्यसबेला उनले अर्जेन्टिनाले विश्वकप जितेमा नांगै हिँड्ने अभिव्यक्ति दिएका थिए । तर दक्षिण अफ्रिकामा भएको उक्त विश्वकपमा अर्जेन्टिना सेमी फाइनलमा पनि प्रवेश गर्न पाएन ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।