२०८३ जेष्ठ ८ शुक्रबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ८ शुक्रबार

प्रचण्डले माओवादीको चुनाव चिन्ह समेत बिर्सिसकेको मन्त्री प्रभु साहको दाबि

नेपाल कम्युनिष्ट पार्टीका नेता तथा सहरी विकास मन्त्री प्रभु साहले माधव नेपाल र पुष्पकमल दाहाल प्रचण्डले देशलाई ध्वस्त पार्न लागेको आरोप लगाउनुभएको छ । प्रतिनिधिसभाको निर्वाचनको तयारीमा लाग्नुको सट्टा आफ्नै पार्टीका प्रधानमन्त्रीले गरेको निर्णयलाई अस्वीकार गरी माधव र प्रचण्डले देश र पार्टीलाई ध्वस्त पार्न लागेको मन्त्री साहले बताउनुभएको छ ।

पद र कुर्सीको लागि आफ्नै सरकारविरुद्ध अविश्वास प्रस्ताव ल्याएर नेपाल र प्रचण्डले देशलाई द्वन्द र अस्थिरता तर्फ धकेल्ने काम गरेको मन्त्री साहले बताउनुभएको छ । गृह जिल्ला रौतहटको गरुडामा विहिवार आयोजित जिल्ला स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै शहरी विकास मन्त्री साहले निर्वाचनमा जाँदा पराजित हुने डरले माधव-प्रचण्ड समुहले अहिले आफ्नै सरकारको विरुद्धमा आन्दोलनमा उत्रेको बताउनुभएको छ । फरक प्रसंगमा मन्त्री साहले प्रचण्डले माओवादीको चुनाव चिन्ह समेत बिर्सिसकेको दाबि गर्नुभएको छ ।

निर्वाचनमा जाँदा पराजित हुने डरले माधव प्रचण्ड समुहले अहिले आन्दोलनको नाटक गरेको उहाँले बताउनुभयो । अगामि बैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधिसभाको निर्वाचनलाई कसैले चाहेर पनि रोक्न नसक्ने समेत मन्त्री साहले दावी गर्नुभयो । प्रतिनिधिसभाको निर्वाचन तोकिएको मितिमै हुने र निर्वाचनमा भाग लिन राजनैतिक दलहरुले तयारी हुनुपर्ने समेत उहाँले धारणा राख्नुभयो ।

नेकपा प्रदेश २ को अध्यक्ष समेत रहेका मन्त्री साहले असार महिनामा अलग प्रयोजनका लागि गरिएको हस्ताक्षरको दुरुपयोग गरी प्रचण्ड–नेपाल समूहले अविश्वासको प्रस्ताव ल्याएको आरोप लगाउनुभएको छ । नेता साहले देशमा स्थिरता देख्न नसक्ने प्रचण्ड–नेपालले कुर्सीको लालचमा बिनाकुनै कमिटीको निर्णय गरी छलकपट गरेर पार्टी र देशलाई बर्बाद गर्न उद्धत रहेको बताउनुभयो ।

नेता साहले सगोल कमिटीको नभई प्रचण्ड–माधव समूहले आफ्नो गुटको समेत कुनै बैठक नगरेर प्रदेश सरकारविरुद्ध अविश्वासको प्रस्ताव ल्याएको बताउनुभयो ।

यसैविच कार्यक्रममा जनता समाजवादी पार्टीका केन्द्रिय सदस्य एवं पुर्व सांसद बबन सिंह नेकपाको ओली समुहमा प्रवेस गर्नुभएको छ । लामो समयदेखी जसपामा रहेका सिंह विहिवार ओली समुहको नेकपामा प्रवेस गर्नुभएको हो । सिंहलाई मन्त्री साहले टिका र माला लगाएर पार्टी प्रवेस गराउनुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।