२०८३ असार ३० मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३० मंगलवार

गायिका अञ्जु पन्तले गरिन् दोश्रो विवाह

गायिका अन्जु पन्तले विवाह गरेकी छन् । उनले बुधबार थिर कोइरालासँग पाटनस्थित एक चर्चमा विवाह गरेकी हुन् ।

विवाहपछि अन्जुले सामाजिक सञ्जाल फेसबुकमा विवाहको भिडियो समेत राखेकी छन् । भिडियोमा पन्तले ‘धेरै माया नदेऊ मलाई’ बोलको आफैँले गाएको गीतमा टिकटक समेत बनाएकी छन् । 
अन्जु र थिरले एक वर्षदेखिको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेको बताइएको छ । 

केही समय अगाडि थिरसँग विवाहको चर्चा चलेपनि पन्त भने  मौन रहँदै आएकी थिइन् । तर थिरले भने विवाहको कुरो मिडियामा स्वीकारेका थिए ।

अन्जु र थिरले विवाहमा सीमित आफन्तहरु मात्र सहभागी रहेको बुझिएको छ । आफूहरूबीच विवाह भएको थिरले बताए । उनले आफूहरुले पाटनको चर्चमा बिहे गरेको बताए । कोरोनाको कारणले सीमित आफन्तका उपस्थितिमा विवाह गरेको थिरको भनाइ छ ।

गायिका पन्तको यस अगाडि गायक संगीतकार मनोज राजसँग  विवाह भएको थियो । करिब एक दशक अगाडि उनले मनोज राजसँग डिभोर्स लिएकी थिइन् । मनोजराज र अञ्जुको एक छोरी समेत रहेकी छन् ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।