२०८३ असार ३२ बिहीबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३२ बिहीबार

निखिल उप्रेती, शिव परियार सहित १७ जना कलाकार बरहथवामा सम्मानीत

राष्ट्रिय स्तरमै चर्चा कमाउन सफल सर्लाहीका कलाकार साहित्यकारसहित १७ जनालाई शनिवार बरहथवा नगरपालिकाले सम्मान गरेको छ । नगरपालिकाले वडा नं. २, हजरियास्थित खेल मैदानमा ‘सर्लाही स्वर्णिम सम्मान २०७७’ बाट चर्चित कलाकार, कवि, निर्देशक, पत्रकारलगायतलाई सम्मान गरेको हो ।

कलाकारलाई हेर्न मैदानमा पुगेका सर्लाही तथा छिमेकी जिल्लावासि | तस्विर : राज बिश्वकर्मा

सम्मानित हुनेहरुमा कवि एवं गीतकार दिनेश अधिकारी, नायक निखिल उप्रेती, गायक शिव परियार, हास्यकलाकार शिवशङ्कर रिजाल (जोगिन्दर), निर्देशक प्रदिप भट्टराई, गायक कमल खत्री, मोडल कविता नेपालीलगायत रहनु भएको छ । कलाकारिता एवं पत्रकारिता क्षेत्रबाट जिल्लालाई नै देशव्यापी रुपमा चिनाउन सफल भएका व्यक्तिहरुलाई थप हौसल्ला प्रदान गर्ने उद्देश्यले सम्मान गरिएको बरहथवा नगरपालिकाका प्रमुख देवानन्द महतोले बताए ।

कलाकारलाई टायरगाडामा राखेर कार्यक्रम स्थल सम्म लगिएको

नगरप्रमुख महतो, उपप्रमुख सीतादेवी माझीलगायतले सम्मानित हुने व्यक्तिहरुलाई कदर पत्र र दोसल्लाबाट सम्मान गरे । कार्यक्रममा उपस्थित कलाकारहरुले आ–आफ्नो प्रस्तुति दिएर मनोरञ्जन समेत प्रदान गरेका थिए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।