२०८३ असार २४ बुधबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार २४ बुधबार

ज्यान मार्ने उद्योगका आरोपी प्रहरीको हिरासतबाटै फरार, अपराधीलाई प्रहरिले नै भगाएको पिडितको आरोप

सर्लाहीमा कुटपिट तथा ज्यान मार्ने उद्योगका आरोपी प्रहरीको हिरासतबाटै फरार भएका छन् । फरार हुनेमा जिल्लाको चक्रघट्टा गाउँपालिका वडा न-३ सुन्दरपुरका २५ वर्षीय कमलेश यादव रहेका छन् । यादवलाई बुधबार स्थानीय दुईजना युवतीलाई भारत तर्फ भगाएर लाँदै गरेको अवस्थामा युवतीका अविभावकले समातेर प्रहरी चौकी सुन्दरपुरको जिम्मा लगाएका थिए । आरोपी यादव सोही राती करिब ८ बजेको समयमा प्रहरी हिरासतबाट फरार भएका हुन् ।

हिरासतबाट भागेका कमलेश सहित सुन्दरपुरका मुन्ना भन्ने चन्दन यादव, फेकु भन्ने रंजित यादव, संतोष यादव र रौशन यादव बिरुद्ध सुन्दरपुरकै कुन प्रसाद साहको छोरा कृष्ण कुमार साहलाई ज्यान मार्ने मनसायले निर्घात कुटपिट गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय सर्लाहीमा मुद्दा दर्ता गरिएको छ । पिडित कृष्ण कुमार साहका दाइ जयनारायण साहका अनुसार २०७७ साल जेष्ठ २६ गते राती करिब १२ बजेको समयमा स्थानीय सुशील साहको घरबाट बिहेको भोज खाएर फर्किरहेको अवस्थामा आरोपित युवकहरु लगायत ८-१० जनाको समूहले पिडित कृष्णलाई बाटोबाटै अपहरण गरि लखनदेही खोला नजिक लगेर मरणासन्न हुने गरि निर्घात कुटपिट गरि सोही खोलामा फालेर भागेका थिए । गाउँकै केही स्थानीयबासीहरुले कुटपिटबाट शरिरभरी गहिरो घाउ लागेको र खुट्टा भाँच्चिएको अवस्थामा पिडितलाई खोलाबाट उद्धार गरि तत्कालै सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालमा पुर्याएको पिडितका दाइ जयनारायणले बताए ।

मुद्दा दर्ता गराएको १२ महिना भन्दाबढी भइसकेको छ। प्रहरीले हालसम्म एकजना आरोपीलाई पनि पक्राउ गर्न सकेको छैन । बल्लबल्ल आरोपीहरु मध्येको एकजना पक्राउ परेपनि प्रहरीकै हिरासतबाट फरार भएका छन् ।

पक्राउ परेका कमलेशलाई भगाउनमा प्रहरी चौकी सुन्दपुरका इन्चार्ज एवं सई नन्दलाल यादवको हात रहेको पिडितका दाइ जयनारायणको आरोप छ ।

बिहिबार दिउँसो सुन्दरपुरबाट मलंगवा स्थित जिल्ला प्रहरी कार्यालयमा आएका पिडित पक्षले डिएसपी माधव प्रसाद बुढाथोकीलाई भेटेर आरोपीहरु अहिले पनि काठमाडौमा बसेर त्यहीँकै पसलमा काम गरिरहेकाले उनीहरूलाई जतिसक्दो चाँडो पक्राउ गर्न र पक्राउ परिसकेका आरोपीलाई भगाउन मद्दत गर्ने सईलाई कार्यवाही गर्न आग्रह गरेका छन् । डिएसपी बुढाथोकीले ती आरोपीहरुलाई यथाशिघ्र पक्राउ गर्ने र पक्राउ परेका आरोपीलाई हिरासतबाट भगाउन मद्दत गर्ने सई बिरुद्ध विभागीय कार्यवाही गर्ने आश्वासन दिएको पिडितका दाजु जयनारायणले बताए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।