२०८३ आश्विन ३ शनिबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन ३ शनिबार

कीवनीज क्लब अफ निजगढ को आयोजनामा क्यान्सर सम्बन्धि जनचेतना कार्यक्रम सम्पन्न

बारा/निजगढ
   किवानीज कल्ब अफ निजगढको आयोजनामा निजगढ नगरपालिकामा जनचेतना सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा बरिष्ठ क्यान्सर रोग  विशेषज्ञ प्रो. डा. राजेन्द्र बरालद्वारा क्यान्सर सम्बन्धि विविध विषयमा जानकारी गराइएको थियो ।
निजगढको वडा नं ८ मा रहेको पार्टी प्यालेसमा भएको   कार्यक्रममा सभाध्यक्ष किवनीज क्लव अफ निजगढका प्रेसिडेन्ट विनोद कुमार भारती ले कार्यक्रमको बारेमा प्रकाश पार्दै अब छिट्टै नै क्यान्सरको टेस्ट गर्ने कार्यक्रमको धोषणा समेत गरेका थिए भने प्रमुख अतिथि लायन्स क्लव अफ इन्टरनेसनल ३२५  ए २ का पूर्व गभर्नर तथा कीवनिज अफ निलगिरी क्लबका प्रेसिडेन्ट भरत ढुंगेल ले यस्ता कार्यक्रम विशेष महिलाहरुको लागि महत्व पूर्ण रहेको बताउनुभयो। विशिष्ट प्रो. डा. राजेन्द्र बराल, अतिथि पूर्व जिल्ला प्रशासन प्रमुख (सिडिओ), सशत्र डी एस पी श्याम पौडेल,जिल्ला ट्राफिक प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी निरीक्षक विपिन ओझा, नेकपा माओवादी  नेता रवि दंगाल, राप्रपाका नेता वाशुदेव तिमल्सिना,वडा नं १ का वडा अध्यक्ष मंगले लोप्चन, लायन्स क्लव अफ निजगढ का प्रेसिडेन्ट दीपेन्द्र श्रेष्ठ, लायन्स क्लव अफ निजगढ पीस का प्रेसिडेन्ट रंजन लामिछाने ,लायन्स क्लब अफ निजगढ सिटी का प्रेसिडेन्ट मणि घिमिरे, मेचीमहाकाली बुहारी आवाज बारा जिल्ला अध्यक्ष सावित्री बराल, तरकारी तथा फलफुल सकोस् कि अध्यक्ष विष्णु नेपाल, सम्मुनत बहुउद्देश्य सकोस् कल्पना खरेल, निजगढ महिला बचत तथा ऋण सहकारी कि अध्यक्ष शोभा राउत लगायत विभिन्न सघसंस्थाका प्रतिनिधि , पत्रकारहरु, महिला तथा सर्वसाधारणहरुको  उपस्थिति रहेको थियो । कार्यक्रम संचालन जिवनीज़ क्लब अफ निजगढ का कोषाध्यक्ष खड्ग प्रसाद उप्रेती ले गरेका थिए ।
  कार्यक्रममा क्यान्सर विशेषज्ञ प्रो. डा. राजेन्द्र बराल बाट क्यान्सर हाम्रो देशमा भयाभय रूपमा देखिनु खानपान र समयमा चेक जाँच नगरिएको कारणले भएको बताउनु भयो । खोकी लागिरहेमा, धोत्रो स्वर एक्कासी भएमा,एक्कासी तौल घटेमा, शरीरमा एक्कासी गिर्खा देखिएमा क्यान्सर हुनसक्ने र  तुरुन्त जाँच गरिएमा यसबाट निको हुनसक्ने समेत बताउनुभयो।
सबैभन्दा बढी फोक्सोमा क्यान्सर हुने,दोस्रोमा स्तन र तेस्रोमा पाठेघरमा देखिने समेत बताउनुभयो । नियमित परीक्षण गरिएमा यसबाट बच्न सकिने र लागिसके पछि निकै खर्चिलो समेत रहेको  बताउनुभयो । विश्वमा १३ प्रतिशत मानिस क्यान्सरबाट मृत्यु हुने र १०० थरीका क्यान्सर विश्व स्वास्थ्य संगठनले जनाइसकेको जानकारी गराउनुभयो ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।