२०८३ असार ३० मंगलवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार ३० मंगलवार

आज दशैँको अन्तिम दिन, कोजाग्रत पूर्णिमा मनाइँदै

आज दशैँको अन्तिम दिन कोजाग्रत पूर्णिमा । धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधनासहित आजदेखि दशैँ पर्व समापन हुँदैछ ।

आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज बेलुका सम्पन्नताकी देवी महालक्ष्मीको पूजाआराधना गरी रातभर जाग्राम बसेर मनाएसँगै १५ दिन लामो दशैँ सकिन्छ ।

https://www.youtube.com/watch?v=TppqqrKUVUo

नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाइ मान्यजनबाट आशीर्वाद लिने क्रम पनि आजैदेखि समाप्त हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिले जनाएको छ । आज जमरालाई नजिकको नदी, तलाउ, पोखरी आदि तीर्थस्थलमा लगी सेलाइन्छ ।

आजको रात जाग्राम बस्नेहरुका घरमा पृथ्वी भ्रमण गर्दै हिँडेकी महालक्ष्मी प्रवेश गरी धन, ऐश्वर्य दिई सम्पन्न बनाउँछिन् भन्ने धार्मिक विश्वास रहेको धर्मशास्त्रविद् एवं समितिका पूर्वाध्यक्ष प्रा डा रामचन्द्र गौतमले बताउनुभयो ।

नवरात्र विजयादशमीकै दिन सकिने भए पनि दुर्गा पक्ष भने आश्विन शुक्ल पूर्णिमाका दिनमा समाप्त हुन्छ । कोजाग्रत पूर्णिमा आज परे पनि पूर्णिमा व्रत भने भोलि बुधबार रहेको समितिका अध्यक्ष श्रीकृष्ण अधिकारीले जानकारी दिनुभयो ।

आज ३१ घडी ४६ पला अर्थात् बेलुका ६ बजेर ४९ मिनेटसम्म चतुर्दशी तिथि छ । त्यसपछि पूर्णिमा तिथि लाग्छ । मध्यरातमा पूर्णिमा आज परेकाले कोजाग्रत पूर्णिमा आजै मनाउने निर्णय गरिएको समितिले जनाएको छ ।

कार्तिक स्नान र आकाशदीपदान पनि भोलिदेखि नै सुरु हुने समितिले जनाएको छ । 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।