२०८३ असार १५ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ असार १५ सोमबार

छठको मुख्य दिन आज : अस्ताउँदो सूर्यलाई अर्घ्य दिईँंदै

क्षितिज बिश्वकर्मा, लालबन्दी : छठ पर्वको मुख्य दिन आज बेलुकी ब्रतालुले अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिँदैछन् । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने छठ पर्व भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिएपछि सकिन्छ ।

कात्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर बस्ने गरिन्छ । दोस्रो दिन कात्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर षष्ठी मातालाई चढाइ व्रतालुले प्रसादस्वरुप खाने र नुन नखाइ एक छाक फलाहार गरिन्छ ।

यो पर्वको मुख्य दिन आज अर्थात कात्तिक शुक्ल षष्ठीमा कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने विधि विधान रहेको लालबन्दीस्थित डुमडुमे देवालय मन्दिर परिषरका सदष्य महेन्द्र महतोले बताउनुभयो । षष्ठीका दिन रातभर जागा बसी कात्तिक शुक्ल सप्तमीका दिन बिहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएर छठ पर्वलाई समापन गर्ने गरिन्छ ।

केहि बर्ष पहिलेसम्म तराईको सीमित क्षेत्रमा मनाइने छठ पर्वले अहिले राष्ट्रियस्वरुप ग्रहण गरेको छ । २०४६ सालदेखि नै सरकारले यो पर्वका अवसरमा देशभर सार्वजनिक बिदा दिने गरेको भएपनी विगतका वर्षमा काटिएकामा यस वर्षदेखि फेरि बिदा दिइएको छ ।

छठ पर्वका लागि सर्लाहीको बागमती नदि सहित तराईका विभिन्न नदी, खोला, पोखरी र जलाशयहरु झकिझकाउ बनाइएको छ । नजिक पोखरि, नदि भएका ठाउँमा समेत अस्थायी घाट बनाएर सजाईएको छ ।

छठ पर्वको लागी जिल्ला प्रहरि कार्यालय मलंगवाले पनी सुरक्षा सतर्कता अपनाईएको बताएको छ । जिल्लाभर ४१६ वटा पोखरिमा छठ पुजा हुँदै गरेको बताउँदै जिल्ला प्रहरि कार्यालयका प्रवक्ता एवं प्रहरि नायव निरिक्षक माधव प्रसाद बुडाथोकीले छठ घाट नजिक पर्ने प्रहरि युनिटहरुबाट प्रहरि परिचालन गरि छठ पुजालाई ब्यवस्थित र मर्यादित बनाउन प्रयास भईरहेको जानकारि दिनुभयो ।

यसैबीच राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वका अवसरमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ । यस पर्वले भौगोलिक, सामाजिक तथा सांस्कृतिक विविधतायुक्त हाम्रो समाजमा आपसी एकता, सद्भाव र बन्धुत्वको भावनालाई प्रगाढ बनाउँदै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न मद्दत पुग्ने शुभकामना सन्देशमा उल्लेख छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले पनि शुभकामना सन्देश दिँदै विविधताभित्र एकता र सामाजिक सद्भाव हाम्रा सांस्कृतिक अभ्यासका उदाहरण भएको उल्लेख गर्नुभएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।