२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत पनि कोरोना संक्रमित बनेको हल्ला चलेको छ । तर हल्ला सही नरहेको दावी गरिएको छ ।

मुख्यमन्त्री राउतको कोरोना रिपोर्ट पोजेटिभ नआएको प्रदेश सरकारका प्रवक्ता समेत रहेका आन्तरिक मामिला तथा कानुुन मन्त्री ज्ञानेन्द्र यादवले दावी गरेका छन् । उनले भने, ‘उहाँ (मुख्यमन्त्री) विरामी पर्नुभएको हो । तर कोरोना रिपोर्ट भने पोजेटिभ आएका छैन ।

राउतका प्रेस संयोजक आतिश मिश्रले पनि कोरोना रिपोर्टबारे अनभिज्ञता जनाए । उनले भने, ‘मुख्यमन्त्री ज्यू निवासमै ३/४ दिनदेखि बस्नुभएको छ । अहिले स्वास्थ्यमा सुधार आएको छ । तर कोरोना संक्रमित भएको कुरा मलाई थाहा भएन ।’

मुख्यमन्त्री राउत केहि दिनदेखि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। जसका कारण अनेक टिकाटिप्पणी भइरहेको छ । तर मुख्यमन्त्री राउतले स्वयंम केहि प्रतिक्रिया भने जनाएका छैनन् ।

पछिल्लो चौबीस घण्टामा देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको छ। देशभर थप २० जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 

हिजो अहिलेसम्मकै सबैभन्दा धेरै २४ जना संक्रमितको मृत्यु भएको थियो। यीसहित नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ४ पुगेको छ।

नेपालमा पहिलो पटक कोरोना भाइरस (कोभिड-१९) बाट जेठ १ गते पहिलो मृत्यु भएको थियो। २०७६ माघदेखि संक्रमण फैलिएको नेपालमा संक्रमितको संख्या २८१ पुगेपछि एकजनाले ज्यान गएको थियो।

कोरोनाबाट ज्यान गुमाउनेमा सिन्धुपाल्चोकको बाह्रबीसे नगरपालिका-९ निवासी २९ वर्षीया महिला थिइन्। उनी त्रिवि शिक्षण अस्पतालमा वैशाख २३ गते भर्ना भएर सुत्केरी भएपछि वैशाख २५ मा डिस्चार्ज भएकी उनको जेठ १ गते राति १० बजे धुलिखेल अस्पतालमा ज्यान गएको थियो।

नेपालमा पछिल्लो चौबीस घण्टामा देशभर थप ३ हजार १ सय १४ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ। देशभर थप ३ हजार १ सय ४२ जना उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। 

देशभर सक्रिय संक्रमितको संख्या ३७ हजार ४ सय ७६ रहेको छ । त्यसैगरी आइसीयूमा ३७२ र ६८ जना भेन्टीलेटरमा उपचाररत छन्।

निर्देशक एसएस राजामौलीको नयाँ चलचित्र ‘आरआरआर’ विवादमा परेको छ। नायक जुनियर एनटीआरको लुक्स केही दिन अगाडि सार्वजनिक गरिएको थियो। जहाँ उनले कोमराम भीमको भूमिका निर्वाह गरेका छन्। यसमा उनले कुर्ता पायजामा र मुस्लिम टोपी लगाएको तस्बिर सार्वजनिक भएको थियो। 

तेलंगनाका भारतीय जनता पार्टीका नेता बादी संजयले चलचित्रमा फ्रिडम फाइटर भीम र उनको पहिरनप्रति आपत्ति जनाउँदै निर्देशकलाई धम्की दिएका छन्।

नेता बादी संजयले भीमको लुक्सलाई फेरि छायांकन नगरेको खण्डमा चलचित्र रिलिजको समयमा समस्या हुने चेतावनी दिएका भारतीय संचारमाध्यमले जनाएका छन्। भीमको पहिरन परिवर्तन नगरेको खण्डमा चलचित्र रिलिजको समयमा हलमा आगो लगाइदिने चेतावनीसमेत उनले दिएका छन्।

राजामौलीको यो फिल्म आदिवासी नेता कोमाराम भीममा आधारित छ। कोमारामलाई आन्ध्रप्रदेश, तेलंगाना, महाराष्ट्र र  छत्तीसगढका कयौं क्षेत्रमा भगवानको रुपमा पुज्ने गरिएको छ।

राजामौलीका लागि यो फिल्म महत्वाकांक्षी प्रोजेक्टको रुपमा हेरिएको छ। फिल्मका लागि बजेट मात्र ४ सय ५० करोड रहेको बताइएको छ। फिल्ममा एनटीआर, रामचरण, अजय देवगन, आलिया भट्टको अभिनय छ।

फिल्ममा स्वतन्त्र सेनानी कोमाराम भीम र अल्लुरी सीतारामाको कहानी छ।

बैतडी : डिलाशैनी गाउँपालिका–२ स्थित डाँडाबाग आधारभूत विद्यालय कपट्टाका प्रधानाध्यापक गोविन्द घरडी मंगलबार मृत फेला परेका छन् । ४५ वर्षीय प्रधानाध्यापक घरडी दार्चुलाको शैल्यशिखर नगरपालिका–९ शिवपुरी धाम नजिक फेला परेका हुन्। 

मृतक घरडीको शरीरमा निलडाम तथा घाउ रहेको इलाका प्रहरी कार्यालय गोकुलेश्वरका प्रहरी निरीक्षक खगेन्द्रसिंह साउँदले जानकारी दिए। साथै उनको साथमा नगद ८५ हजारसमेत भेट्टिएको छ।

घरडीसँगै रहेका अन्य ४ जना शिक्षक पनि तलब बुझ्न आएका भए पनि उनीहरु सोमबार नै घर फर्किएका बताइएको छ। घरडी घर नफर्केपछि खोजी गर्दा मंगलबार बिहान ७ बजे मृत अवस्थामा फेला परेका हुन्।

मृतकको शरीरमा निलडाम र घाउ रहेकोले हत्या गरेर फालेको आफन्तको आशंका छ।

प्रतिनिधि सभाका सदस्य तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य सूर्यबहादुर केसीको निधन भएको छ । ६३ वर्षीय केसीको सोमबार राति निधन भएको हो ।

सुगर र प्रेसरको समस्या रहेका उनको पोखरास्थित घरमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

केसीले लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टीको राजनीति गरेका थिए । उनले निर्वाचन नजिकिँदै गर्दा नेपाली कांग्रेस प्रवेश गरेका थिए । उनी कांग्रेसबाट समानुपातिक कोटामा प्रतिनिधि सभा सदस्य बनेका थिए । उनी पोखराका पूर्व प्रधानपञ्च पनि हुन् । पहिलो संविधान सभाको निर्वाचनमा उनी राप्रपाबाट समानुपातिक सांसद बनेका थिए ।

यस्तै उनी नेपालकै प्रतिष्ठित उद्योगीका रुपमासमेत चिनिएका छन् । केसी नेपाली चाउचाउ उद्योगका पायोनियर हुन् । केसीकै अगुवाइमा नेपालमै मात्र नभएर दक्षिण एसियामै पहिलो चाउचाउ उत्पादन सुरु भएको थियो ।

केसीले निर्माण व्यवसायीका रुपमा व्यावसायिक जीवन सुरुवात गरेका थिए ।

नेपाल पिछडावर्ग महासंघ (ओबीसी) जिल्ला कार्य समिति रौतहट र अन्तर पार्टी महिला संजाल रौतहटले संयुक्त रुपमा सांसद अनिल झाको अभिब्यक्ति प्रति रौतहटका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको ध्यानकर्षण गराएका छन । उनिहरुले प्रजिअ यादवलाई ज्ञापन पत्र बुझाएका छन ।

साथै उनिहरुले रौतहट निर्वाचन क्षेत्र नम्बर १ का सांसद अनिल झालाइ निर्वाचन क्षेत्र भित्रमा कुनै कार्यक्रम गर्न नदिने घोषणा पनी गरेका छन । आइतवार महासंघका जिल्ला अध्यक्ष गीता कुशवाह र संजालको जिल्ला अध्यक्ष भुवनी श्रेष्ठले संयुक्त रुपमा प्रेस विज्ञप्ति जारी गर्दै महिला दीदी बहिनीहरुको मान प्रतिष्ठामा आघात पर्ने, चरित्र हत्या गर्ने सांसद झाको अभिव्यक्तिको घोर निन्दा गर्दै सांसद पदबाट राजीनामा दिन माग गरेका छन ।

विज्ञप्तिमा सार्वजानिक रुपमा मञ्च प्रयोग गरी महिलाहरुको इज्जतलाई खुल्ला मञ्चबाट घृणित अपशव्द प्रयोग गरी दिएको अभिव्यक्तिलाइ घोर भत्सर्ना गरिएको उल्लेख छ । नियम कानून बनाउने सांसदले आफ्नो पदिय मर्यादा र दायरा क्षेत्र भन्दा बाहिर गएर अभिब्यक्ति दिनु गलत सोँचको उपज भएको भन्दै सांसद झाको राजिनामा नआएसम्म कडा संघर्ष गर्ने संगठनले घोषणा गरेको छ ।

ओबीसी र अन्तर पार्टी महिला संजाल तथा दुर्गा भगवती गाउँपालिकाकाअध्यक्ष साहद्वारा जारी प्रेस बिज्ञप्ति

त्यस्तै गाउँपालिका राष्ट्रिय महासंघ नेपाल प्रदेश समन्वय समिति प्रदेश २ जनकपुरधामका सचिव एवं रौतहटका दुर्गा भगवती गाउँपालिकाका अध्यक्ष अरुण साहले स्थानीय तहमा आउने बजेटलाइ लक्षित गरी “स्थानीय तहमा आउने बजेट मेयरको बाउको नरहेको’’ जस्ता वाक्यांश प्रयोग गरी सांसद झाले दिएको वक्तव्यक्ति आफैमा हास्यास्पद हुँदा हुँदै जिम्मेवार पदमारहेका जनप्रतिनिधिको मुखबाट यस्ता शव्द प्रयोग हुनु अत्यन्त गैर जिम्मेवार र निस्कृस्त रहेको भन्दै विज्ञपति मार्फत भत्र्सना गर्नुभएको छ ।

त्यस्तै नेपाली कांग्रेस जिल्ला कार्य समिति रौतहटका सभापति एवं पूर्व सांसद कृष्ण प्रसाद यादवले पनी प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचित स्थानीय तहका जनप्रतिनिधि तथा बैदेशिक रोजगारमा गएकहरुको श्रीमतीलाइ लक्षित गर्दै गरेको अभद्र टिप्प्पणीको निन्दा गरेका छन ।

नेपाली कांग्रेस रौतहटले जारि गरेको प्रेस बिज्ञप्ति

सांसद झाले दशैँ, दीपावली तथा छठ पर्वको अवसरमा कार्तिक ११ गते रौतहटको यमुनामाई गाउँपालिका वडा नम्बर ३ राजपुर तुलसीमा जनता समाजवादी पार्टीले आयोजना गरेको शुभकामना आदान प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै स्थानीय तहमा आउने बजेट मेयरको बाउ को नभएको र श्रीमानले बिदेशमा दुःख गरि कमाएको सम्पतीमा श्रीमतीहरुले मोज गर्ने गरेको बताएका थिए ।

सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा उपमेयर शवनम मिकरानीले गरेको तालाबन्दी मेयर निरसल साहले फुटाई दिएका छन । सोमबार दिउँसो उपमेयर शवनम मिकरानी सहित चार जना वडा अध्यक्षले मलंगवा नगरपालिकाको आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका थिए ।

मेयर निरसल साहले नगरपालिकामा मनोमानी ढंगले कर्मचारी भर्ना तथा आर्थिक अनियमिता गरेको आरोप लगाउँदै उपमेयर सहित ४ जना वडा अध्यक्षले आर्थिक प्रशासन शाखामा तलाबन्दी गरेको हो । उनीहरुले गरेको तालाबन्दीलाई मेयर निरशल शाहले सोमबार नै तोडिदिएका छन ।

उपमेयर मिकरानीले डोर हाजरीमा तलब खाँदै आएको आफ्नो छोरा समिर मिकरानीलाई नियुक्त गर्नुपर्ने लगायत केही वडा अध्यक्ष समेतले विभिन्न अनुचित काम गराउन खोजेको तर आफु नमान्दा आर्थिक प्रशासन शाखामा उनीहरुले तालाबन्दी गरेपछि आफुले ताला फुटाई दिएको मेयर साहले जानकारी दिनुभयो ।

‘कुन कारणले आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेको हो’ भनेर मैले सोध्नको लागि उपमेयरलाई फोन गर्दा उहाँले फोन उठाउनुभएन, त्यसपछि उहाँको श्रीमान कामिल मिकरानीलाई फोन गर्दा उपमेयर भारतको मुजफ्फरपुर गएको बताएपछि आफुले ताला फुटाई दिएको मेयर शाहले बताए । ज्येष्ठ नागरिक, अपांग, बालबालिका तथा दशैँ तिहार र छठको समयमा कर्मचारीहरुलाई तलब खुवाउने समयमा आर्थिक प्रशासन शाखामा तालाबन्दी गरेका कारण ताला फुटाएको मेयर साहको दाबि छ ।

उपमेयर मिकरानीसँग सँगै वडा नम्बर ३, ८, ९ र १२ का वडा अध्यक्ष मिलेर नगरको प्रशासन शाखामा तलाबन्दी गरेका थिए । यता मेयर शाहले वडा नम्बर १, २, ४, ७ , ११ का वडा अध्यक्ष र कार्यपालिका सदस्यहरु समेतको उपस्थितीमा प्रशासन शाखामा लगाएको ताला फुटाएका हुन ।

भारतीय स्थल सेनाध्यक्ष मनोज मुकुन्द नरवणेको यहि कार्तिक १९–२१ गतेको नेपाल भ्रमणले मुलुकको सार्वभौमिकता, राष्ट्रिय अखण्डताविरुद्धको हर्कत हुने भन्दै नेकपा (माओवादी केन्द्र) सहितको २१ दलिय मोर्चा र अन्य संघ संगठनहरुले विरोध जनाएका छन ।

त्यहि क्रममा ग्रेटर नेपाल राष्ट्रवादी मोर्चाका अध्यक्ष फणीन्द्र नेपालले आज एक विज्ञप्ती जारी गर्दै भारतीय सेनाध्यक्ष नरवणेको भ्रमण नेपाल र नेपालीको हितमा नहुने ठहरसहित त्यसलाई रद्द गर्न नेपाल सरकार समक्ष माग गरेका छन ।

नरवणेको नेपालको भूअखण्डताविरुद्धको अभिव्यक्ति र लिम्पियाधुरा कालापानी लिपुलेकमाथि भारतको दाबीबाट पछि नहटेको अवस्थामा उनको भ्रमणले थप समस्या निम्त्याउन सक्ने प्रति संकेत गर्दै ग्रेटर नेपालले त्यस्तो माग अघि सारेको हो ।

ग्रेटर नेपालको उक्त विज्ञप्तीमा नेपाली नागरिकको अहितमा प्रत्यक्ष रुपमा जोडिएका नरवणेलाई भ्रमण गराउने, सम्मान गर्ने जस्ता कार्यले वर्तमान सरकार स्वयम् राष्ट्रिय अखण्डताविरुद्ध गएको स्पष्ट हुने भन्दै उनका सम्पूर्ण भ्रमणका कार्यक्रम रद्द गर्नुपर्ने भनिएको छ ।

त्यस्तै नरवणेलाई नेपाली सेनाको मानार्थ महारथी उपाधि दिने, सुशोभित गर्ने विषयले विरताको इतिहास रचेको नेपाली सेनाको स्वयम् अपमान हुने ग्रेटर नेपालले बताएको छ ।

उक्त विज्ञप्तीमा भनिएको छ–‘इन्डियाली सेनाध्यक्ष नरवाणेलाई नेपाल सरकारले नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानीले सुशोभित गर्ने जुन निर्णय गरेको छ, त्यो नेपाली जनता , नेपालको संसद् र नेपाली सेनाको वीरतापूर्ण ख्यातिको खुला अपमान हो ।’

विज्ञप्तीमा अगाडि भनिएको छ–‘नेपालका प्रधान सेनापति र इन्डियाली सेनाध्यक्षलाई एकअर्को देशको सेनाको मानार्थ महारथी दर्जा लिनेदिने गलत परम्पराको अन्त्य गरी नेपाली सेनालाई इन्डियाली नेपाली सेना भएको आरोपबाट मुक्त राख्न पनि मोर्चा सरकारसँग आग्रह गर्दछ ।’

मोर्चाले उनको नेपाल भ्रमण नेपाली हितमा नहुने ठोकुवा गर्दै उनको सम्पूर्ण भ्रमणका कार्यक्रमहरु तत्काल रद्द गर्न सरकारसँग अनुरोध गरको छ । 

शिक्षा समन्वय ईकाई रौतहटका कार्यलय प्रमुख राम बिनय सिंहको संयोजकत्वमा सोमबार अनलाईन जुम मिटिङ सम्पन्न भएको छ । जिल्लाका बिभिन्न पेशागत संगठनका अध्यक्ष, बिभिन्न पालिकाका शिक्षा संयोजक, सम्बन्धीत बिधालयका प्रधानाअध्यापक लगाएतको जुम मिटिङ भएको हो ।

संयुक्त जुम मिटिङ्गले बिभिन्न निर्णय समेत गरेको छ । बैठकले कक्षा ११ को परिक्षा आउँदो मसिंर १८ गते देखी जिल्ला भरी संचालन गर्ने निर्णय गरेको छ । केहि विधालयहरुले भने यही कार्तिक २० गते बाट परिक्षा संचालन गर्ने निर्णय गरेकोमा त्यसलाइ तुरुन्त स्थगित गर्ने समेत निर्णय गरिएको छ ।

मसिंर १८ गत्तेबाट परिक्षा सञ्चालन तथा ब्यबस्थापन एवं सबै माबि प्रमुख सँगै संयोजक खटाउने सम्बन्धमा भोली १९ गते जुम मिटिङ्ग बस्ने मिती तय गरिएको नेपाल शिक्षक संघ रौतहटका अध्यक्ष एवं माबि बरगजवाका प्रधानाअध्यापक राम कृपाल यादवले जानकारी बताउनुभयो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।