गत मंसिर ९ गते मध्यराति सम्पर्कविहीन भएका इलाका प्रहरी कार्यालय मालाखेती कैलालीका तत्कालीन प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) भरतराज चौधरीलाई गृह मन्त्रालयले निलम्बन गरेको छ ।
डीएसपी चौधरीलाई आचरण विरुद्धको गतिविधि गरेको भन्दै निलम्बन गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । उनलाई मंसिर १२ गते गृह मन्त्रालयले निलम्बन गरेको हो ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले प्रहरी उपरीक्षक (एसपी) दिलीपसिंह देउवाको नेतृत्वमा उनीमाथि छानविन गरिरहेको जनाएको छ । पहिलो चरणमा जिम्मेवारी खोसेर छानबिन भइरहेकोमा जिल्ला प्रहरी कार्यालय कैलालीले उनलाई निलम्बन गर्न सिफारिस गरेको थियो ।
सम्पर्कविहीन भएका डीएसपी चौधरी कैलालीको एक होटेलमा भेटिएका थिए । प्रहरीले भने उनी आफैं सम्पर्कमा आएको बताएको छ ।
कैलालीमा केही समय अघि दुई जना प्रहरीको हत्या भएको थियो । त्यो घटना सेलाउन नपाउँदै इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख सम्पर्कविहीन हुँदा खैलाबैला मच्चियो ।
प्रहरी स्रोतले उनले गम्भीर अपराध नगरेको भए पनि अनुशासनहीन काम गरेको भन्दै निलम्बन गरेको जनाएको छ ।
रौतहटमा सशस्त्र प्रहरीले बुधबार दुई लाख बराबरको अवैध लत्ताकपडा बरामद गरेको छ ।
रौतहटको ईशनाथ नगरपालिकास्थित पल्लुवा सीमाबाट चौरीपैठारी गरी नेपालतर्फ ल्याउँदै गरको अवस्थामा दुई लाख १६ हजार बराबरको कपडा बरामद गरेको एपीएफले जनाएको छ । बरामद गरेको लत्ताकपडा भन्सार कार्यालयलाई बुझाइएको छ ।
यस्तै, बुधबार नै वीरगन्ज आउट पोस्टबाट सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोस्ट विरगंजबाट खटिएको एपीएफ टोलीले एकलाख १७ हजार बराबरको लत्ताकपडा र भाँडावर्तन बरामद् गरेको छ ।
भारतबाट अवैध रुपमा नेपालतर्फ ल्याउँदै गरेको उक्त सामान एपीएफ टोलीले पर्सा जिल्लाको विरगंज महानगरपालिका–१६ स्थित ईनर्वा सीमा इलाकाबाट बरामद गरेको हो ।
बरामद सामान भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।
रौतहट जिल्लामा सञ्चालीत ८ क्रसर उद्योग बन्द हुने भएका छन । मापदण्ड पुरा नगरी रौतहटका बिभिन्न स्थानमा सञ्चालित ८ वटा क्रसर उद्योग बन्द हुने भएको हो ।
मंगलबार क्रसर उद्योगहरुको बिस्तृत अध्ययन तथा अनुगमन समितिको बैठकले मापदण्ड पुरा नगरेका क्रसर उद्योग बन्द गर्ने निर्णय गरेको छ । ईन्द्रदेब यादबको संयोजकत्वमा बसेको बैठकले प्राबिधिक समितिको प्रतिबेदनको आधारमा श्रीराम जानकी क्रसर उद्योग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका–८, शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, आश्रय अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८, रमन÷सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाई बन्द गर्ने निर्णय गरिएको बताइएको छ ।
सो समितिको बैठकको निर्णय अनुसार घरेलु तथा साना उद्योग कार्यालय वा सम्बन्धित स्थानीय तहमा उद्योग दर्ता नभई र अनुमति प्राप्त नगरी सञ्चालन गर्दै आईरहेको क्रसर उद्योगलाई तत्काल बन्द गर्ने, घरेलु तथा साना उद्योग कार्यालयमा दर्ता भई क्रसर सञ्चालन गर्ने अनुमति प्राप्त गरेको तर आबश्यक मापदण्ड पुरा नगरेका क्रसर उद्योगहरु हाललाई बन्द गरी मापदण्ड पु¥याएपछि मात्र संचालन गर्न अनुमति दिने र राष्ट्रिय गौरबको आयोजना तथा प्राथमिकता प्राप्त योजनाको हकमा आबश्यक क्रसर उद्योगहरु सञ्चालन गर्न अनुमति दिने निर्णय भएको छ । जसमध्ये श्रीराम जानकी क्रसर उद्योग बृन्दाबन नगरपालिका–६, सुमुख क्रसर उद्योग फतुवा बिजयपुर नगरपालिका–८, सधैको लागि बन्द हुने भएको छ ।
यस्तै शिबशंकर क्रसर उद्योग गरुडा नगरपालिका महमदपुर, संकटमोचन वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१, शिबम बालुवा वासिङ्ग उद्योग बृन्दाबन नगरपालिका–१ लाई भने मापदण्ड पुरा गरेपछि सञ्चालन गर्ने दिने र अस्फाल्ट एण्ड क्रसर उद्योग चन्द्रपुर नगरपालिका–८, रमन/सगरमाथा जेभि गुजरा नगरपालिका, र श्रेष्ठ धुकुछु मृत संजिबनी जेभि फतुवा बिजयपुर नगरपालिकालाइ भने आबश्यक कागजात पेश गरी अनुमति लिएपछि मात्रै सञ्चालन गर्न दिने निर्णय भएको बैठकमा सहभागी एक सदस्यले जानकारी दिए ।
रेल्वे वा रेलको लिकमा रहेका ‘क्लिप’ वा किलाकाँटा चोर्नेलाई १० वर्षसम्म कैद सजाय हुने गरी सरकारले कानुनको प्रस्ताव गरेको छ ।
भारतको जयनगरदेखि धनुषाको कुर्थासम्म चल्ने गरी तयार रेल्वे लिकको ट्र्याक र स्लिपर जोडने ‘क्लिप’ चोरी हुन थालेको समाचार आइरहेका बेला राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिले त्यस्ता कसूरदारलाई १० वर्षसम्म कैद सजाय हुने व्यवस्था रेल्वे सम्बन्धी विधेयकमा राखेको हो ।
‘रेल्वे सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’को दफा ६२ र दफा ६३ मा रेल्वे वा रेलमा कुनै वस्तु फ्याँक्ने, रेलको लिकमा ढुङ्गा, काठ वा अरु कुनै वस्तु राख्ने, रेलको लिक वा सो सम्बन्धी किला, काँटा, स्लिपर आदि झिक्ने, ज्वाइन्टहरु खुकुलो पार्ने वा अरु कलपूर्जा चलाउने, हेरफेर गर्ने वा बन्द गर्न नहुने उल्लेख छ । अन्यथा, यस्तो काम गर्नेलाई प्रचलित कानुन बमोजिम सात वर्षसम्म कैद र एक लाख जरिवाना हुनेछ । यही अभियोगमा रेल्वेको सम्पत्ति चोरेको भनेर थप ३ वर्षसम्म कैद हुने व्यवस्था राख्ने विषयमा विधायन समितिले सहमति जुटाएको हो ।
रेल्वे वा रेलको कुनै निशाना वा बत्ती लुकाउने, चलाउने, झिक्ने, फरक गरी देखाउने, बदल्ने, मेट्ने, हटाउने, खुर्किने जस्ता कार्य गर्नेलाई पनि १० बर्ष कैद हुने प्रावधान विधेयकमा राखिएको छ । आगो लगाएर, विस्फोटक पदार्थ ओछ्याएर वा विद्युतीय धरापमा पारेर रेल दुर्घटनामा पार्ने कसूरदारलाई अपराध संहिता अनुसार ज्यान मारे सरहको सजाय हुने व्यवस्था विधेयकमा राखिएको छ ।
समितिले जुटाएको सहमति अनुसार रेल दुर्घटनामा प¥यो र मानिसहरुको मृत्यु भयो भने ज्यान मारे सहज सजाय (जन्मकैद) हुनेछ । रेल दुर्घटनामा परेको तर, मान्छे नमरेको अवस्थामा त्यस्तो कसूर गर्ने व्यक्तिलाई १० वर्षसम्म कैद र एक लाखसम्म जरिवाना हुने व्यवस्था छ । रेल्वेका कर्मचारी वा यात्रुसंग झगडा गर्ने, रेल भित्र होहल्ला गर्ने, गालीगलौज गर्ने, अश्लील वा अपमानजक शब्द प्रयोग गर्ने गर्नेलाई एक वर्षसम्म कैद र १० हजारसम्म जरिवाना हुने प्रावधान राखिएको छ ।
समितिबाट पारित व्यवस्था अनुसार टिकटको अंक, अक्षर, मिति वा व्यहोरा सच्याउने यात्रुलाई ६ महिनासम्म कैद र १० हजारसम्म जरिवाना हुनेछ । रेल वा रेल्वेमा फोहोर गर्ने, फोहोर फ्याँक्ने, निषेधित स्थनमा बसी यात्रा गर्नेहरुलाई ५ हजार सम्म जरिवाना गर्ने व्यवस्था विधेयकमा छ । भाडा नतिरी रेल चढेमा भाडा नतिर्ने यात्रुलाई भाडा रकमको पाँच गुणा रकम जरिवाना हुनेछ ।
विधेयकको दफा ६९ अनुसार कैद सजाय हुने कसूरको शुरु कारवाही र किनारा गर्ने अधिकार सम्बन्धित जिल्ला अदालतलाई हुनेछ । दुई लाखसम्म जरिवाना हुने कसूरको शुरु कारवाही र किनारा गर्ने अधिकार रेल्वे प्रशासकलाई र २० हजारसम्म जरिवाना हुने कसूरको शुरु कारवाही र किनारा गर्ने अधिकार स्टेशन प्रमुखलाई दिइएको छ । जनकपुर टुडेबाट…
मुख्यमन्त्री लालबाबु राउतले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको लागि जनकपुरको मुजेलिया स्थित मणिपाल शिक्षण अस्पतालले ओगटेको जग्गा अधिग्रहण गरिने बताउनु भएको छ ।
मुख्यमन्त्री राउतले प्रादेशिक अस्पताललाई आधार बनाएर गठन हुन लागेको प्रतिष्ठानको लागि मणिपालले ओगटेको जग्गा उपयुक्त हुने भन्दै अधिग्रहणको प्रक्रिया छिट्टै अगाडी बढाइने उल्लेख गर्नु भयो । मणिपालले गुठी संग लिजमा लिएको जग्गामा शर्त अनुसार काम नगरेको भन्दै उनको लिज खारेज गरेर उक्त जग्गा प्रतिष्ठानलाई दिइने उहाँको कथन थियो ।
प्रादे्शिक अस्पताल जनकपुरलाई आज सम्मको यात्रामा सहयोग गर्ने सम्पूर्ण चिकित्सक, समाजसेवी, राजनीति कर्मीहरुको योगदान अविस्मरणीय रहेको उल्लेख गर्नु हुँदै मुख्यमन्त्री राउतले अगामी यात्रामा समेत सबै पक्षलाई सहयोग गर्न आग्रह समेत गर्नु भयो ।
कक्षा १२ को परीक्षा दिएका विद्यार्थीले अबको ठीक एक महिनाभित्र नतिजा पाउने भएका छन् । विद्यार्थीको शैक्षिक सत्र प्रभावित नहुने गरी एक महिनाभित्र विद्यार्थीको हातमा नतिजा उपलब्ध गराइने भएको हो ।
राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष प्रा.डा.चन्द्रमणि पौडेलले विद्यार्थीको नतिजा महिना दिनभित्र दिने गरी तयारी थालिएको जानकारी दिनुभयो । यसबाट विद्यार्थीलाई उच्च शिक्षा अध्ययनका लागि बाटो खुल्ने भएको हो । यसका लागि देशभरका शिक्षकहरूसित समन्वयमा काम भइरहेको जनाइएको छ ।
यसैबीच, परीक्षा बोर्डले कोरोना भाइरसबाट प्रभावित भएर परीक्षा लिन नपाएका विद्यार्थीका लागि फेरि एक पटक अवसर दिने भएको छ । विद्यार्थीलाई पुनः परीक्षाको अवसर दिने र त्यसको सूचना आगामी १५ दिनको हाराहारीमा दिने बोर्डको तयारी छ ।
कोरोनाबाट प्रभावित विद्यार्थी परीक्षामा सहभागी हुँदा अन्य विद्यार्थीलाई सङ्क्रमणको समेत त्रास हुने भएकोले सङ्क्रमित विद्यार्थीलाई पुनः परीक्षा लिने निर्णय बोर्डले यसअघि नै गरिसकेको छ । त्रिभुवन विश्वविद्यालयले भने यस खालका विद्यार्थीलाई अन्य विद्यार्थीभन्दा १५ मिनेट ढिला गरी परीक्षा प्रारम्भ गर्ने गरी सूचित गरिसकेको छ ।
कोरोना भाइरसको सङ्क्रमणका कारण स्थगित गरिएको कक्षा १२ को परीक्षा सफलतापूर्वक सम्पन्न भएको जानकारी अधिकारीहरूले दिएका छन् । मङ्सिर ९ गते सुरु भएको कक्षा १२ का विद्यार्थीको वार्षिक परीक्षा मङ्गलबार सकिएको हो । परीक्षामा चार लाखभन्दा बढी विद्यार्थी भौतिक रूपमै परीक्षामा सहभागी भई परीक्षा सफलतापूर्वक सम्पन्नभयो ।
यसपटक बोर्डले परीक्षा सुरु हुनुभन्दा आधा घण्टा पहिले मात्रै सम्बद्ध परीक्षा केन्द्रमा प्रश्न पत्र पठाउने प्रावधान यस पटकबाट सुरु गरेको छ । परीक्षामा यस खालको अभ्यास पहिलो पटक गरिएको हो । विद्यार्थीले यस पटक डेढ घण्टा मात्रै परीक्षामा सहभागी भए ।
यसपटक देशभर गरी चार हजार १०५ वटा परीक्षा केन्द्र निर्धारण गरिएको थियो । यस पटकको कक्षा १२ को परीक्षामा विद्यार्थीको कक्षा ११ को ४० प्रतिशत मूल्याङ्कनलाई पनि जोडिनेछ । साथै कक्षा १२ को ४० प्रतिशत लिखित परीक्षा र विद्यालयले लिने आन्तरिक मूल्याङ्कनको २० प्रतिशतका आधारमा विद्यार्थीको मूल्याङ्कन गरिनेछ ।
झापाका पत्रकार खगेन्द्र घिमिरेमाथि कुटपिट भएको छ । मालपोत कार्यालय दमकमा घुस लिँदै गरेको दृश्य संकलनका लागि पुगेका माउन्टेन टेलिभिजनका पत्रकार घिमिरेमाथि मालपोत कार्यालयका कर्मचारी र लेखापढी व्यवसायीले कार्यालयभित्रै हातपात गरेका हुन् । सयौंको भीडको बीचमा पारेर घिमिरेमाथि निर्घात कुटपिट भएको हो ।
जग्गा रोक्का गर्न गएका एक सेवाग्राहीबाट मालपोत कर्मचारी इन्द्र राजवंशीले १० हजार घुस लिने क्रममा समाचार संकलन गर्न गएको बेला आफूमाथि कुटपिट भएको उनले बताए । मंगलबार दिउँसो ४ बजे आफूमाथि कुटपिट भएको पत्रकार घिमिरेले जानकारी दिए ।
‘कार्यालय परिसरमा रहेको सीसी क्यामेरा बन्द गरेर कुटे’, उनी भन्छन्, ‘ लछारपछार गर्दै ममाथि आक्रमण भयो । बाहिरी चोट त छैन । तर, धेरै जनाले कुटेका कारण भित्रबाटै दुखिरहेको छ ।’ मालपोत कार्यालय दमकका प्रमुख तारानाथ दंगालको कार्यकक्षामा कुटपिट हुँदा पनि अधिकारी मौन रहेको उनले बताए ।
पत्रकार घिमिरेले आफूमाथि ज्यान मार्ने उद्देश्यले कुटपिट भएको भन्दै इलाका प्रहरी कार्यालय दमकमा किटानी जाहेरी दिएका छन् । आफूमाथि भएको कुटपिटमा संलग्नलाई कारबाही गर्न माग गर्दै जाहेरी दिएका हुन् । नयाँ पत्रीकाबाट
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक आज पनि बस्दैछ। बैठक आज दिउँसो १ बजेलाई बोलाइएको छ ।
तर आजको बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओली भने अनुसस्थित हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । हिजोको बैठकमा अध्यक्ष ओलीले बैठक अब १० दिन स्थगित गर्न भनेपनि अन्य सचिवालय सदस्य अनौपचारिक र औपचारिक छलफलका लागि बैठक बस्नुपर्ने बताएपछि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज एक बजेका लागि बैठक बोलाएका हुन् ।
हिजोको बैठकमा बहुमत सचिवालय सदस्यहरूले बैठक रोक्न नहुने बताउँदै कार्यकारी अध्यक्ष प्रचण्डले प्रस्तुत गरेको प्रस्तावमाथि छलफल पनि छलफल गर्नुपर्ने अडान राखेका थिए । ओलीले यस्ता बैठकको कुनै औचित्य नभएको बताएका एक नेताले भने ।
- ओलीले बैठक रोकेर सहमति खोज्नुपर्छ भनेपछि दुई अध्यक्षबीच भनाभन !
प्रधानमन्त्रीको सचिवालयका एक अधिकारीका अनुसार लगत्तै बैठक राख्ने हो भने उपस्थित हुन भ्याउन्न भनेर प्रधानमन्त्रीले भनिसकेको बताए ।
मङ्सिर ३ गते बसेको सचिवालय बैठकले बिहीबारका लागि स्थायी कमिटी र २५ गतेका लागि केन्द्रीय कमिटी तय गरेको थियो ।