- राधेश्याम कुशवाह, सर्लाही ।
तराई मधेसमा महामारीका रुपमा फैलिएको दाईजो प्रथाको भाईरसलाई चुनौती दिदै प्रदेश २ का एक जोडीले आदर्श विवाह गरेका छन।
सुनसरीको ईनर्वा नगरपालिकामा लेखा अधिकृतको रुपमा कार्यरत अशोक मेहताले सर्लाहीको गोडैता नगरापलिका ३ निवासी पूजा कुमारी कुशवाह सँग आदर्श विवाह गरेका हुन । सदरमुकाम मंलगवामा एक समारोहका बिच दुलहा मेहता र दुलही कुशवाह हिन्दू परम्पराअनुसार वैवाहिक बन्धनमा बाँधिएका हुन।
सर्लाही गोडैता नगरपालिका वार्ड नं. ३ (हाल मलंगवा नगरपालिका वार्ड नं ९) निवासी राजिनन्द महतो र इन्द्रा कुशवाहा को दोस्रो सन्तानको रूपमा जन्मिएकी पुजा कुशवाहा र सुनसरी देवानगंज गाउँपालिका वार्ड नं. २ देवानगंज निवासी विन्दा देवी मेहता र हरिलाल मेहताको चौथो सन्तानको रूपमा जन्मिएका अशोक मेहता बैवाहिक बन्धनमा बाँधिएका हुन । मधेसमा जकडिएर रहेको दाइजो प्रथालाई निर्मुल पार्न र समाजलाई आदर्श समाजको रुपमा रुपान्तरण गर्न दाईजो प्रथा जस्तो विकृतिलाई निरुत्साहित गर्नु आवश्यकता रहेको कारण आफूले विना दाईजो बिहे गरेको लेखाअधिकृत मेहताले बताए। समाज शिक्षित र विकसित हुँदै गएपनि मधेसमा दाईजो प्रथा मौलाउँदै जानु र शिक्षित, पढेलेखेका यूवाले नै दाईजो प्रथालाई प्रोत्साहित गर्नु दुर्भाग्य रहेको बताउँदै यस्ता समाजि विकृति र विसंगतिलाई निमूल पार्नका लागि यूवाहरुले नै भुमिका खेल्नुपर्ने उनको भनाई छ ।
मधेसमा विपन्न देखि सम्पन्न परिवारिक पृष्ठभूमि भएका युवाले नै विवाहमा दहेज प्रथालाई प्रोत्साहन गरिरहेको र अझै सरकारी जागिरे केटाको मोटो दहेज मागले समाज अक्रान्त बनिरहेको बेला निजामती सेवा राजपत्रांकित तृतीय श्रेणी इनर्वा नगरपालिकाका लेखा अधिकृत पदमा कार्यरत ज्वाई अशोक मेहताले आदर्श विवाह गर्ने स्वघोषणाले समाजमा सकारात्मक संदेश गएको दुलहीका मामा सुनिल कुमार कुशवाहाले बताए। यो आदर्श विवाहसँगै मेरो परिवारमा आदर्श विवाह गर्नेको संख्या चार पुगेको छ । तराई मधेशमा छोरी चेलीलाई हेर्ने दृष्टिकोण परिवर्तनको लागि दहेज प्रथालाई न्यूनीकरण गर्न हामीले आफैबाट आदर्श विवाहको शुभारम्भ गरेका छौं भन्दै यसलाई निकट भविष्यमा पनि निरन्तरता दिने प्रयासमा रहने उनको भनाई छ ।
सरकारले दाईजो प्रथा अन्त्यका लागि विभिन्न कानुन ल्याएपनि मधेसमा दाईजो प्रथामा थोरै पनि कमि हुन सकेको छैन। समाज शिक्षित र विकसित हुँदै गएपनि मधेसी समाजमा पढेलेखेका र जागिरे भएका यूवाहरुबाट नै मोटो दाईजो लिएर बिहे गर्ने काॠ भईरहेको छ। मोटो दाईजो दिनुपर्ने डरले अभिभावकहरुले छोरिलाई राम्रो शिक्षा दीक्षा दिन बाट बन्चित गराई कलिलै उमेरमा विवाह गरिदिने गरेका छन ।
अफगानिस्तानमा एक महिला पत्रकारको गोली हानी हत्या भएको छ। जलालाबादस्थित कार्यालय जाने क्रममा मलाला माइवन्डलाई अज्ञात समूहले गाडीमा गोली हानि हत्या गरेको हो। उनीसँगै उनका ड्राइभर मोहम्मद ताहिरको पनि हत्या भएको बिबिसीले जनाएको छ।
अहिलेसम्म कुनै पनि समूहले उनीमाथि भएको आक्रमणको जिम्मेवारी लिएका छैनन्। माइवाण्ड एनिकास टिभी र रेडियोमा काम गर्थिन्। उनी एक महिला अधिकारकर्मीसमेत थिइन्। यसअघि उनकी आमाको पनि ५ वर्षअघि हत्या भएको थियो।
प्रान्तीय गभर्नरका प्रवक्ता अट्टाओल्लाह खोगियानीले स्थानिय मिडियालाई बताए अनुसार पत्रकार माइवन्डमाथि गोली हान्नेहरू त्यस क्षेत्रबाट फरार भइसकेका छन्। अधिकारकर्मी समेत रहेकी माइवन्डले केही समय अघि अफगानिस्तानमा महिला पत्रकार हुँदा आउने चुनौतीहरूका बारेमा बोलेकी थिइन्।
अफगानिस्तानमा भएका पछिल्ला आक्रमणहरूमा विशेषगरी अभियान्ता, पत्रकार र राजनितिक व्यक्तित्वहरूमाथि लक्षित छन्। अफगानिस्तानकै पहिलो महिला निर्देशक सबा शहारमाथि काबुलमा गोली प्रहार भएको थियो। तर उनी त्यस आक्रमणबाट जोगिन सफल भइन्।
सामाजिक सञ्जाल कम्पनी फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा विश्वभर समस्या देखिएको छ । यद्यपि अहिलेसम्म फेसबुक वा इन्स्टाग्रामले भने आफ्नो म्यासेन्जरमा के भएको हो भन्ने विषयमा केही अपडेट गराएको छैन ।
डाउनडिटेक्टरका अनुसार अहिले विश्वभरका मानिसहरुले फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या आइरहेको भन्दै गुनासो गरिरहेका छन् । नेपाली समयअनुसार करिब सवा तीन बजे देखि फेसबुक तथा इन्स्ट्राग्रामको म्यासेन्जरमा समस्या देखिन थालेको हो ।
म्यासेन्जरमा सन्देश पठाउँदा इन्टरेट कनेक्शन नभएको बताउने अथवा सन्देश जान ढिलो भइरहेको भन्दै विश्वभर लाखौँ प्रयोगकर्ताले रिपोर्ट गरेका छन् । यस्तै केही प्रयोगकर्ताले फेसबुक लग ईन पनि नभएको बताएका छन् । त्यस्तै इन्स्टाग्रामको डाइरेक्ट म्यासेजमा पनि समस्या देखिएको छ ।
डाउनडिटेक्टरका अनुसार युरोप र जापानका मानिसहरुले आफ्नो फेसबुक तथा इन्स्टाग्रामको म्यासेन्जरमा समस्या देखिएको गुनासो गरेका थिए । तर, अहिले अष्ट्रेलिया, भारत, कोरियालगायतका एसियाली क्षेत्रबाट पनि उल्लेख्य गुनासोहरु आइरहेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच पर्सामा समायोजन बैठक सम्पन भएको छ । रामचन्द्र चतुर्वेदिको संयोजकत्वमा बैठक बसेको हो ।
बैठकमा सह–अध्यक्ष अन्गद ठाकुर, केन्द्रीय सदस्य सम्भु चौरसियाले पार्टी समायोजन बारेमा चर्चा गर्नुका साथै देशको हालको अवस्थाको बारेमा पनी समिक्षा गरेका थिए । उनिहरुले अब देशमा राजा ल्याउनुको बिकल्प नभएको जिकिर गरे ।
बैठकमा प्रभात काब्य यात्राका अध्यक्ष तथा कबि अरुण बिक्रम शाहले पार्टी र नेपाल को झण्डाको बारेमा कबिता वाचन गर्नु भएको थियो । पार्टीका जिल्ला उपाध्यक्ष अवध साह तथा पार्टीका नगर अध्यक्ष जलेश्वर सरार्फ लगायतले पार्टी र राजसंस्थाको बारेमा चर्चा चर्चा गर्दै पार्टिको समायोजनको बिषयमा प्रस्ट्याएका थिए ।
बैठकमा पार्टिका केन्द्रिय सदस्य शम्भु चौरसियाले आजको मितिबाटै दुई पार्टि राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्त र राष्ट्रिय प्रजातन्त्र पार्टी बिच पर्सा एकिकरण भएको घोषणा गर्नुभएको थियो । बैठकको सहजिकरण पार्टीका जिल्ला सचिव अजय पौडेलले गरेका थिए ।
कोभिड–१९ का कारण सन् २०२० विश्वका लागि त्यति प्रभावकारी हुन सकेन । तर, प्रविधि क्षेत्रमा भने यो वर्ष अवसर जस्तै बनेर आएको छ ।
कोभिड–१९ का कारण सिर्जित समस्याको समाधान गर्ने टुलको रुपमा प्रविधिको प्रयोग बढ्दा यस क्षेत्रमा धेरै कुरा परिवर्तन भएका छन् । कतिपय कुराले आफ्नो राम्रो बजार बनाउन पाएका छन् ।
यही क्रममा ह्वाट्सएपमा पनि यो वर्ष धेरै कुरा परिमार्जन भए । सामान्य वर्षको तुलनामा यस वर्ष नयाँ सुविधा र अपडेटका हिसाबले ह्वाट्एपमा धेरै चिजहरु हामीले देख्न र प्रयोग गर्न पाएका छौं ।
त्यसमध्ये उत्कृष्ट पाँच नयाँ फिचरको बारेमा आज हामी यहाँ तपाईंलाई बताउँदै छौं । त्यी मध्ये कतिपय फिचर तपाईंहरुले प्रयोग गर्नु भएको पनि होला । तर केही फिचर प्रयोग नै नगरेका पनि हुनसक्छन् । यदि प्रयोग गर्नु भएको छैन भने तपाईंले ह्वाट्सएपमा आएका यस्ता फिचरको जानकारी राख्न सक्नुहुनेछ ।
डार्क मोड
ह्वाट्सएपले सन् २०२० को सुरुवातमै नयाँ फिचरको रुपमा डार्क मोड सार्वजनिक गरेको थियो । लामो समयदेखि प्रयोगकर्ताको प्रर्खाइको विषय रहेको यो फिचर ह्वाट्एसले सन् २०२० मा ल्याएका फिचर मध्ये सबैभन्दा प्रभावकारी फिचर हो ।
डार्कमोडको प्रयोगले प्रयोगकर्ताको आँखालाई आराम दिने मात्र नभई फोनको ब्याट्री पनि कम खपत हुने भएकाले समेत डार्क मोड पछिल्लो समय रुचाइँदै गएको हो ।
सात दिनपछि च्याट स्वतः डिलिट हुने फिचर
ह्वाट्सएपले केही समय अघिमात्रै म्यासेज आफैं बिलाएर जाने फिचर एन्ड्रोइड, आईओएस, वेब र डेस्कटप प्लेटफर्ममा ल्याएको थियो । यो फिचरले कुनै पनि म्यासेजलाई पठाएको सात दिनभित्र आफैं डिलिट गरिदिन्छ ।
यस किसिमको फिचर ह्वाट्सएप प्लेटफर्मका सबै प्रयोगकर्ताले व्यक्तिगत तथा ग्रुप च्याटमा समेत प्रयोग गर्न सक्छछन् । पर्सनल च्याटमा व्यक्तिले डिसअपियरिङ म्यासेज फिचरलाई इनेबल गर्ने वा डिसेबल गर्ने भन्ने कुरा आफैं चयन गर्न सक्छन् । तर ग्रुप च्याटमा भने यसको अधिकार एडमिनको हातमा हुन्छ ।
एडभान्स्ड सर्च
ह्वाट्सएपले वर्षको मध्यतिर एड्भान्स्ड सर्च फिचर सार्वजनिक गरेको थियो । यसले ह्वाट्सएपमा आएका म्यासेज बाहेक प्रयोगकर्तालाई जीआईएफ, भिडियो, अडियो र अन्य फाइलहरू छुट्टाछुट्टै रुपमा खोज्न सक्ने विकल्प दिएको छ । सर्चमा क्लिक गरी फोटो, टेक्स्ट, जीआईएफ, अडियो, भिडियो वा लिंक के खोज्ने हो, विकल्प छनौट गर्न सकिन्छ ।
८ जना सम्म ग्रुप कल
कोभिड–१९ कै कारण भिडियो कन्फ्रेन्सिङ एपका प्रयोग बढ्यो । त्यसैलाई मध्यनजर गर्दै ह्वाट्एपले समेत आफ्ना प्रयोगकर्तालाई आफ्ना आफन्त तथा प्रियजनसँग निरन्तर सम्पर्कमा रहन सकिने गरी भिडियो कलमा सहभागी हुनसक्नेको संख्यालाई बढायो ।
ह्वाट्सएपमा त्यसअघि चार जना व्यक्तिहरू मात्र ग्रुप भिडियो वा भ्वाइस कलमा सामेल हुन सक्दथे । त्यसलाई बढाएर ह्वाट्सएपले ८ जनासम्म सहभागी जोडिन सक्ने फिचर ल्याएको हो ।
स्टोरेज म्यानेजमेन्ट टूल
सन् २०२० को मध्यतिर ह्वाट्सएपले सार्वजनिक गरेको अर्को नयाँ फिचर भनेको स्टोरेज म्यानेजमेन्ट टूल पनि हो । जुन चर्चाको विषय समेत बन्यो ।
ह्वाट्एपमा आउने धेरै फाइलहरुलाई व्यवस्थित गर्न मिल्नेगरी ह्वाट्एसले यो फिचर सार्वजनिक गरेको हो । यसको अर्थ ह्वाट्सएपले उपलब्ध गराएको उक्त टुलमार्फत तपाईंले ह्वाट्सएपको स्टोरेज म्यानेजमेन्ट सेक्सनमा गएर ठूला फोटो, भिडियो तथा अन्य फाइलहरु अनावश्यक भएको खण्डमा डिलिट गर्ने सुविधा पाउन सक्नुहुन्छ । : TechPana