रौतहट प्रहरिले चोरिको मोटरसाईकल सहित एक जनालाई पक्राउ गरेको छ ।
बुधवार बेलुका प्रहरिले गौर चन्द्रनिगाहपुर सडक खण्डमा सवारि चेक जाँच गर्ने क्रममा ईलाका प्रसासन कार्यालय गरुडा अगाडिबाट चोरिको मोटरसाईकल सहित गढिमाई ६ धर्मपुर टोलका २० बर्षिय रबिन्द्र रायलाई पक्राउ गरेको हो । रायले चलाएको BR 30 V 3547 नम्बरको कालो रंगको बजाज पल्सर मोटरसाईकल रोकी चेकजाँच गर्ने क्रममा कागजपत्र नरहेको र खान्तलासिका क्रममा बिभिन्न ५ ओटा साँचो बरामद भएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
रायको पाईन्टको खल्ति चेकजाँच गर्ने क्रममा SPARK, ULTRON 099, Hero, TVS, MINDA नामको गरि ५ थान साँचो बरामद भएको प्रहरिले बतायो ।
उनलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरि हिरासतमा राखेर अनुसन्धान भईरहेको प्रहरिले जानकारि दिएको छ ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल समूहले संसद् विघटनको विरुद्धमा देशभर आन्दोलन गर्ने घोषणा गरेको छ । काठमाण्डौमा शुक्रबारदेखि केही न केही प्रदर्शन र १४ गते देशव्यापी रूपमा आन्दोलन गर्ने निर्णय भएको प्रचण्ड–नेपाल समूहका नेताहरूले बताएका छन् ।
बिहीबार बसेको केन्द्रीय कार्यसमिति बैठकले आन्दोलनका लागि प्रवक्ता नारायणकाजी श्रेष्ठको नेतृत्वमा आन्दोलन परिचालन समितिसमेत बनाएको छ । बैठकले प्रवक्ता श्रेष्ठको संयोजकत्वमा २५ सय एक सदस्यीय आन्दोलन परिचालन समिति बनाउने निर्णय गरेको हो ।
यस्तै संसद् विघटनको विरुद्धमा नेकपाको प्रचण्ड–नेपाल पक्ष सर्वोच्च अदालत र निर्वाचन आयोग जाने भएको छ । बिहीबार भएको प्रचण्ड–नेपाल पक्षको स्थायी कमिटीको बैठकले संसद् विघटनको विरुद्धमा शुक्रबार (भोलि) बिहान सर्वोच्च अदालतमा जाने निर्णय गरेको एक नेताले जानकारी दिएका छन् ।
नेकपाको बहुमत स्थायी कमिटी तथा केन्द्रीय कमिटी आफ्नो पक्षमा रहेकाले आफ्नो पक्षका निर्णयलाई वैधता दिन निर्वाचन आयोग जाने निर्णय गरेको प्रचण्ड–नेपाल समूहका एक नेताले बताएका छन् ।
नेपालमा बिहीबार थप ६१३ जनामा कोरोना पुष्टि भएको छ ।
यो संगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ५६ हजार ५९२ पुगेको छ । त्यस्तै कोरोनाका कारण थप ५ जनाको मृत्यु भएको छ । यो संगै नेपालका कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १८ सय ८ पुगेको छ ।
त्यस्तै थप ७३९ जना कोरोनामुक्त भएका छन् भने हालसम्म २ लाख ४७ हजार ४ सय जना निको भएका छन् ।
नेपालमा हाल ७ हजार ३८४ जना आइशोलेशनमा छन् भने ४०० जना क्वारेन्टाइनमा छन् । नेपालमा हालसम्म १८ लाख ९६ हजार २५० वटा पिसिआर गरिएको छ ।
रौतहटको चन्द्रपुरमा बिहिवार सशस्त्र प्रहरी परिवार महिला संघले बिपन्न परिवारलाई न्यानो कपडा वितरण गरेको छ ।
चन्द्रपुर १ स्थित जुडिबेलाका दलित, बिपन्न परिवारलाई संघले कम्बल, झुल, सल लगाएतको न्यानो कपडा वितरण गरेको हो । २ सय २३ परिवारलाई संघकी अध्यक्ष सरिता कँडेल खनालको उपस्थितीमा न्यानो बितरण गरिएको हो ।
तराईमा दलित तथा बिपन्न परिवारलाई जाडो र शितलहरले अत्यधिक प्रभावित पार्ने गरेको छ ।
राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतनिधि सभा विघटन गरेर देशलाई भड्खालोमा हालेको टिप्पणी गरेका छन् ।
बिहीबार बुटवलमा पत्रकारहरुसँग कुरा गर्दै नेता केसीले भने, ‘पार्टीभित्रको गुटको विवाद समाधान गर्न नसकेर संसद भंग गरी देशलाई भड्खालोमा हाल्ने काम संविधानमाथिको कू हो ।’
उनले ओलीको असंवैधानिक कदमलाई सर्वाेच्च अदालतले सच्चाएर प्रतिनिधि सभा पुनर्स्थापित गरेर निकास दिनुपर्ने बताए ।
जनमतको अपमान गर्ने अधिकार ओलीलाई नभएको भन्दै उनले सर्वोच्च अदालतले संसद पुनर्स्थापित गर्ने विश्वास व्यक्त गरे ।
कोरोना महामारीका कारण मुलुकको अर्थतन्त्र तहसनहस भएको बेला निर्वाचनमा अर्बाैं रकम खर्च गर्ने सामर्थ्य देशको नभएको केसीको तर्क छ । Onlinekhabar
अमेरिकामा एक कोरोना संक्रमित व्यक्तिले अर्का संक्रमित व्यक्तिको हत्या गरेका छन्। अमेरिकाको क्यालिफोर्नियामा एक ३७ वर्षीय संक्रमित जेस मार्टिनेजले अर्का संक्रमित ८२ वर्षीय बृद्धको हत्या गरेको जनाइएको छ।
बीबीसीका अनुसार मार्टिनेजले वृद्धमाथि अक्सिजन सिलेन्डर प्रहार गरेका थिए। अस्पतालमै यो घटना भएको जनाइएको छ। अक्सिजन सिलेन्डरले हिर्काएपछि ती वृद्धको मृत्यु भएको जनाइएको छ।
मार्टिनेजमाथि हेट क्राइममा मुद्दा चलाइएको बीबीसीले उल्लेख गरेको छ। लसएन्जल्स प्रहरीका अनुसार वृद्ध संक्रमितले जब पूजा शुरु गरे मार्टिनेज अफसेट भए। त्यसपछि उनले अक्सिजन सिलेन्डरले आक्रमण गरे।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले निर्णय लिन नसक्दा यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) अन्योलमा परेको छ ।
मन्त्रालयले बेलैमा निर्णय लिन नसक्दा गतवर्ष जस्तै एसईई नहुने सम्भावना बढेको छ । नोवेल कोरोना भाइरस (कोभिड–१९) का कारण गतवर्ष आन्तरिक मूल्यांकनको आधारमा नतिजा सार्वजनिक गरिएको थियो ।
गतवर्षको तालिकालाई आधार मान्ने हो भने परीक्षा आउन तीन महिनाभन्दा पनि समय बाँकी छ । तर राष्ट्रिय परीक्षा बोर्डले कुनै तयारी गरेको छैन ।
एसईईबारे निर्णय गर्न बोर्डले गरेको पत्राचारको मन्त्रालयले जवाफ दिएको छैन । बोर्डका अध्यक्ष प्रा.डा. चन्द्रमणि पौडेल मन्त्रालयबाट पत्रको जवाफ नआएको बताउँछन् ।
विगतका वर्षहरूमा साउन महिनामै परीक्षा आवेदन खुलिसक्थ्यो । तर पुस पहिलो साता सकिँदासम्म कति परीक्षार्थी हुन्छन् भन्नेसम्म अत्तोपत्तो छैन ।
सरकारले २०७७ जेठमा एसईई सञ्चालन गर्ने निर्णय गरेकाले पनि मन्त्रालयबाट अर्को निर्णय नआउँदासम्म तयारी गर्न नमिल्ने बोर्डका अधिकारीहरू बताउँछन् ।
पाँचथरको हिलिहाङ गाउँपालिका–५ सुभाङमा एक युवकले बञ्चरो प्रहार गरी आफ्नै श्रीमतीको हत्या गरेका छन् । एकतीस वर्षीय धनबहादुर उभरकोटीले गए राति बञ्चरो प्रहार गर्दा उनकी ३० वर्षीया श्रीमती दुर्गामायाको मृत्यु भएको हो । टाउकोमा चोट लागेर मृत्यु भएको अवस्थामा दुर्गामायाको शव घरैमा फेला परेको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले जानकारी दिए ।
गएको मध्यरात करिब १ बजे घटना भएको स्थानीयवासीले बताएका छन् । घटना थाहा पाएका छिमेकीले खबर गरेपछि बिहान ३ बजे प्रहरी घटनास्थल पुगेको थियो ।
घटनामा संलग्न धनबहादुर फरार रहेको र खोजी कार्य जारी रहेको प्रनाउ थापाले बताए । धनबहादुरले मादक पदार्थ सेवन गरी घर आएको स्थानीयवासी र प्रहरीको अनुमान छ । मृतकका दुई छोरा छन् ।
तत्कालीन राणा सरकारका लागि मकवानपुरको भीमफेदीबाट काठमाण्डौंसम्म गाडी बोकेर भित्र्याउने मध्ये जिउँदा इतिहास बनिरहनुभएका हिराबहादुर घलानको निधन भएको छ । मकवानपुरको थाहा नगरपालिका वडा नम्बर ५ निवासी ८९ वर्षीय घलानको मंगलबार राति निधन भएको हो । घलानको निधनसँगै नेपालमा गाडी बोक्नेहरुको कथा इतिहासको पानामा सीमित हुन पुगेको छ ।
दुई वर्षअघि थाहा नगरपालिका–५ कै जुक्तबहादुर वाइबाकोे निधन भएपछि घलानमात्र राणा शासकहरुका लागि गाडी बोकेर काँध खियाउने एक मात्र जीवित पात्र हुनुहुन्थ्यो । जीवन भरमा २५ वटा गाडी बोक्नु भएका घलानले वि.सं. २००६ सालदेखि नै गाडी बोक्न शुरु गर्नुभएको थियो । उहाँले ९६ जनाले बोक्ने गाडी एक पटकमात्रै बोक्नु भएको थियो भने ६४ जनाले बोक्ने गाडी १० पटकजति बोक्नुभएको थियो ।
राणाकालमा भीमफेदीबाट काठमाण्डौंका लागि गाडी बोक्न सानो फाखेल, ठूलो फाखेल, तसर, मार्खु, सर्वाङ, बिसिंखेल, चित्लाङ, फाखेल लगायत क्षेत्रका स्थानीय भरिया जाने गर्थे । थाहा नगरपालिकाको तसर गाउँका मात्रै ४८ जना भरियाले गाडी बोकेका थिए ।
घलानले १८ वर्षको उमेरदेखि गाडी बोक्न सुरु गरेका थिए । उनलाई मार्खुका नाइकेले यो काममा लगाएका थिए । घलानले लगातार २५ वर्ष भीमफेदीबाट गाडी बोकेर काठमाडौं पुर्याए । त्यही कमाइले पुरन्डीमा ३० रोपनी जग्गा जोडेका थिए । घलानका अनुसार आफू बलियो र अग्लो भएका कारण नाइकेले उनलाई सधैं अग्रभागमा राखेर गाडी बोकाउँथे । सुरुमा उनले ३२ जनाको टोलीमा साना गाडी बोकेका थिए । सात दिनमै गाडी बोकेर काठमाडौं पुर्याएबापत उनको टोलीलाई राणाहरूले २० रुपैयाँ बक्सिस दिएका थिए ।
चिकित्सकहरूका अनुसार जाडो शुरु भएसँगै शरीरमा रोग प्रतिरोधात्मक क्षमता कम हुँदै जान्छ । त्यसकारण जाडो याममा स्वास्थ्यमा विभिन्न समस्या देखा पर्छन् ।
जाडो याममा छाला सम्बन्धी समस्या, स्वास प्रस्वास, हाड जोनी दुख्ने, ढाड दुख्ने, रक्तचाप बढ्ने जस्ता समस्या देखिन्छन् । यसबाट जोगिन हामीले हाम्रो वानी, व्यवहार, खानपिनमा विशेष ध्यान दिनुपर्ने हुन्छ । जाडो याममा हुने स्वास्थ्य सम्बन्धी समस्याबाट जोगिन यी ८ काम नगर्नुहोस्
- चियाकफी धेरै पिउने
जाडोमा ज्यान तताउला भन्ने सोचेले पटकपटक तातो चियाकफी पिउने गरिन्छ । तर, यसले उल्टो बेफाइदा गर्छ । चियाकफी बढी पिएमा शरीरमा क्याफिन र सुगरको मात्रा बढ्न पुग्छ । जसले गर्दा डिहाइड्रेट हुने, रगतमा चिनीको मात्रा बढ्ने, निद्रा नलाग्ने आदि हन्छ । चियाकफीको सट्टा जाडोमा तातो दूध, ग्रिन टी अथवा तातो पानी खाने बानी बसाल्नु उपयुक्त हुन्छ ।
- पानी कम पिउने
जाडोमा चिसोले गर्दा पसिना आउँदैन । र तिर्खा पनि खासै लाग्दैन । नेपालीको बानी नै छ तिर्खा नलागी पानी नपिउने । तर स्वस्थ रहनका लागि जाडोमा तिर्खा लागेन भन्दैमा पानी नखाने अथवा असाध्यै कम पिउने गर्नु हुँदैन । जाडोमा छाला फुस्रो हुने, कब्जियत बढ्ने, ओठ फुट्ने आदि समस्या देखिन्छ । समयसमयमा पानी खानाले यस्तो समस्या कम हुन्छ ।
- घाम बढी ताप्ने
जाडोमा घाम स्वाभाविक रूपमा प्यारो हुन्छ । तर, धेरै बेर घाम ताप्नु हुँदैन । आधा अथवा पौने घन्टाभन्दा बढी घाम ताप्नु हुँदैन । लामो समय घाम तापेमा छाला डढ्ने, अनुहारमा चाया आउने लगायत समस्या देखापर्छ ।
- सनब्लक लोसन नलगाउने
जाडोमा घाम चर्किएको महसुस नहुने भएकाले धेरैले जाडो याममा घाममा निस्किँदा सनब्लक लोसन लगाउँदैनन् । तर, छालालाई हानि गर्ने विकिरण जाडोमा पनि निस्किरहेको हुन्छ । त्यही भएर जाडोमा पनि सनब्लक लोसन लगाउन बिर्सिनु हुँदैन । घाम ताप्दा पनि अनुहार र हातमा सनब्लक दल्नुपर्छ ।
- बढी सुत्ने
जाडोमा सिरकबाट निस्किन मन लाग्दैन । त्यही भएर जाडोमा ढिलो उठिन्छ । छुट्टिको दिन सिरक ओडेर सुतेर बिताइन्छ । तर, यस्तो गर्नु हुँदैन । वर्षै भरि सुत्ने र उठ्ने समय एउटै बनाउन सके स्वास्थ्यलाई फाइदा हुन्छ । सुत्ने र उठ्ने समय भंग भएमा दीर्घकालमा अनिद्रालगायत समस्या उत्पन्न हुने जोखिम हुन्छ ।
- मास्क नलगाई निस्कने
जाडो याममा खास गरी बिहानबेलुका कतै निस्किनुप¥यो भने मास्क लगाउन बिर्सिनु हुँदैन । किनकि, जाडोमा बिहान र बेलुका वायुमण्डलको तल्लो तहमा ब्याक्टेरिया, भाइरसलगायत जीवाणु बढी क्रियाशील हुन्छन् । अझ अहिले कोरोना महामारी समेत छ । साथै, धुलोका कण पनि यो समय वायुमण्डलको तल्लो तहमा जम्मा भएका हुन्छन् । यस्तोमा मास्क नलगाइ निस्किएमा श्वासप्रश्वास, छाला आदि सम्बन्धी रोग लाग्ने जोखिम बढ्छ ।
- न्यानो कपडा नलगाउने
जाडो याममा फेसनेबल र शरीर नछोपिने खालका कपडाभन्दा गम्म परेका लुगा लगाउनु उपयुक्त हुन्छ । जाडोमा हेलचेक्राइ गरे रुघाखोकी, ज्वरो, निमोनिया आदि हुने र नशामा रगत जम्नेजस्ता समस्या उत्पन्न हुन सक्छ ।
- धेरै बेरसम्म तातो पानीले नुहाउने
जाडोमा बाध्यता नै हुन्छ तातो पानीले नुहाउने । तर, तातो पानीले नुहाउँदा फाइदा भन्दा बेफाइदा बढी हुन सक्छ । बढी तातो पानीले धेरै बेरसम्म नुहाउँदा छालामा रहेको प्राकृतिक म्वाइस्चराइजर कम हुन गई छाला फुस्रो बन्छ । लोकान्तरबाट…