२०८३ आश्विन २६ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ आश्विन २६ सोमबार

दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्षमा गायक पशुपति शर्मा चयन

सर्लाही । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपालको केन्द्रिय अध्यक्षमा गायक पशुपति शर्मा चयन भएका छन । महोत्तरीको बर्दिबासमा सम्पन्न प्रतिष्ठानको ९ औँ केन्द्रिय महाधिवेशनमार्फत शर्मा अध्यक्षमा सर्वसम्मत चयन भएका हुन ।

यहि असोज २२ देखि २४ सम्म बर्दिबास ३ स्थित खुल्ला मैदानमा प्रष्ठिानको महाधिवेशन सम्पन्न भएको थियो । प्रतिष्ठानको मधेश प्रदेश समितीको सहआयोजना तथा ब्यवस्थापनमा सम्पन्न महाधिवेशनमा देशभरका लोक तथा दोहोरीगीत सम्बद्ध कलाकारहरु उपस्थित भएका थिए ।

नयाँ नेतृत्व चयनका लागि भएको मनोनयनमा अध्यक्षसहित वरिष्ठ उपाध्यक्ष, प्रथम उपाध्यक्ष र द्वितीय उपाध्यक्षका केही पदमा निर्वारोध निर्वाचित भएका छन् । निर्विरोध चयन हुनेहरुमा वरिष्ठ उपाध्यक्षमा दीपक खड्का, प्रथम उपाध्यक्षमा सुवास केसी तथा द्वितीय उपाध्यक्षको सांगठनिककतर्फ राजु ढकाल र प्रशासनिकतर्फ रमेशराज भट्टराई निर्विरोध भएका छन् । अन्य पदको लागी भने निर्वाचन भएको थियो ।

निर्वाचनमार्फत महिला उपाध्यक्ष पदमा देवी घर्ति, खुला उपाध्यक्षहरुमा श्रीकृष्ण बममल्ल, खुमन अधिकारी, खेम सेञ्चुरी, घनश्याम रिजाल, दिपक गरौजा मगर, पुस्कल शर्मा र रबिन लामिछाने निर्वाचित भएका छन । महासचिव पदमा शिव हमाल निर्विरोध चयन भएका छन भने उपमहासचिव पदको सांगठनिकतर्फ पि.एन.साप्कोटा र प्रशासनिकतर्फ ईश्वरीप्रसाद भुसाल (मादले दाई) निर्वाचित भए । प्रतिष्ठानको कोषाध्यक्षमा जुना श्रीस मगर निर्विरोध चयन भईन ।

सचिव पदमा सांगठनिकतर्फ दिनेश काफ्ले, प्रशासनिकतर्फ उत्तम शर्मा, महिलातर्फ सम्झना लामिछाने मगर चयन भएका छन । भुगोलतर्फ बागमतिमा उषा सुवेदी, मधेशमा कृष्ण गौतम, सुदुरपश्चिमा नविनसिंह धामि, गण्डकीमा प्रकाश भट्ट, लुम्बिनिमा प्रेम शर्मा, कोशिमा बिष्णु घिमिरे र कर्णालीमा राजकुमार खत्री निर्वाचित भए । उपत्यका सुजन लम्साल र विदेशतर्फ सुर्य खडका निर्विरोध भए ।

सहसचिव पदको सांगठनिकतर्फ कुमार राना मगर र प्रशासनिकतर्फ तिलक परियार निर्विरोध निर्वाचित भए । महिलातर्फ मनमाया वाईबा र विदेशमा सहसचिवमा रेशम निर्दोष चयन भए । सहकोषाध्यक्ष पदमा खुलातर्फ कुमार पुन मगर र सम्झना भण्डारी निर्विरोध निर्वाचित भए । त्यसैगरि महिला सहकोषाध्यक्षमा जालुमाया गुरुङ्ग निर्वाचि भईन ।

त्यस्तै ३३ जना सदस्यहरुको खुला १६ मा अनुज अधिकारी, ईश्वर सिंह, ओवि रायमाझि, कला पंगेनी, नरेस खाती, प्रकाश पराजुली, बालचन्द्र बराल, मदन परियार, मोहन खड्का, युवराज चौलागाई, रवि कार्की, रामकुमार नेपाली, सपना सुनाम, सुमन परियार, सुर्य बहादुर थापा र शम्भु कुवँर निर्वाचित भए । महिलातर्फ कविता खत्री, कालिका रोका, टिका सानु, निरु श्रीष मगर, प्रतिमा अर्याल, सुनितामी परियार र शान्तारानी परियार निर्वाचित भए ।

भुगोलतर्फ मधेशको ईश्वरी प्रसाद पन्त, गण्डकी तुलसि क्षेत्री, लुम्बिनि दिपु मगर, कोशि बालकुमार श्रेष्ठ, बागमति बासुदेव सिंखडा, सुदुरपश्चिम लालबहादुर धामि र कर्णालीमा हरिमाया कार्की चयन भएका छन । उपत्यकामा अर्जुन थापा निर्विरोध र विदेशतर्फ विजय केसि र महेन्द्र न्यौपाने निर्वाचित भए ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।