२०८३ जेष्ठ ४ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ ४ सोमबार

बारा जिल्लामा फुटबलको पर्यायवाची शब्द जस्तै बनेको नव जनजागृति युवा क्लबकाे १३ ओैं साधारणसभा बिहिवार जीतपुर सिमरा उपमहानगरपालिका स्थित होटेल प्याराडाईजमा सम्पन्न भएको छ ।

सम्पन्न सभाले रामचन्द्र लामाको अध्यक्षतामा समिती बिस्तार गरेको छ । बिस्तारित समितिको उपाध्यक्षमा दुर्गा बहादुर थापा, महासचिवमा शम्भु सिंह ठकुरी, सचिवमा श्यामकृष्ण सुवेदी, कोषाध्यक्षमा शालिकराम अधिकारी सहित अन्य सदस्य छन । यश अघिका अध्यक्ष कासिममिया अन्सारी; जसले क्लबको बिकास गराई राष्ट्रिय स्तरमा क्लबलाई चिनाउन महत्वपुर्ण भुमिका खेलेको महासचिव शम्भु सिंह ठकुरीले बताए ।

मियाले विभिन्न प्रायोजक र सह-प्रायोजकलाई साथमा लिएर देशमै लोकप्रिय प्रतियोगिता गराउन शुरु गरेको र क्लब अहिले जुन स्थानमा छ त्यसमा अहम भुमिका खेलेको कार्यक्रमका बक्ताहरुको भनाई थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै मियाले आजिवन क्लबलाई सहयोग र साथ दिने प्रतिबद्धता समेत जनाएका छन् ।

क्लबले मोफसलमा सब भन्दा पहिले ठूलो धन राशिको राष्ट्रिय प्रतियोगिता गराउन शुरु गरेको थियो भने अहिले प्रदेश २ मा नै सब भन्दा बढी पुरस्कार राशिको प्रतियोगिता गराउंँदै आएको छ । क्लबले विभिन्न काल खण्डमा राष्ट्रिय र अन्तरास्ट्रिय खेलाडी उत्पादन गराउंँदै आएको छ ।

रौतहट प्रहरिले बिहिवार जिल्लाको शान्ति सुरक्षा, प्रहरि आचरण तथा ब्यवहारमा सुधार लगाएका बिषयमा निर्देशन पाएको छ ।

प्रदेश नम्बर २ प्रदेश प्रहरि कार्यालय जनकपुरका कार्यालय प्रमुख प्रहरि नायव महानिरिक्षक धिरज प्रताप सिंहले जिल्ला प्रहरि कार्यालय रौतहट मातहतका सिनियर र जुनियर प्रहरि अधिकारि तथा युनिट ईन्चार्ज लगाएत ७० जनालाई उक्त निर्देशन दिनुभएको हो । जिल्ला प्रहरि कार्यालय रौतहटको आयोजनामा ईलाका प्रहरि कार्यालय गरुडाको प्रंगणमा भएको एक कार्यक्रमका बिच प्रदेश २ प्रहरि प्रमुख एवं प्रहरि नायव महानिरिक्षक सिंहले निरिक्षण तथा सो निर्देशन दिनुभएको ईलाका प्रहरि कार्यालय गरुडाले जनाएको छ ।

कार्यक्रममा जिल्ला प्रहरि कार्यालय रौतहटका कार्यालय प्रमुख प्रहरि उपरिक्षक सिद्धि बिक्रम साहको समेत उपस्थितीमा कार्यक्रम सम्पन्न भएको जिल्ला प्रहरि कार्यालय रौतहटले जानकारि दिएको छ ।

चर्चित कार्यक्रम सिधा कुरा जनता संगका प्रस्तोता रवि लामिछानेले न्युज २४ टेलिभिजन छाडेका छन् । उनी टेलिभिजनकाे कार्यक्रम विभागमा प्रमुख कार्यकारी निर्माता एवं प्रस्तोताका रूपमा कार्यरत थिए ।पाँच वर्षपछि न्युज २४ टेलिभिजनबाट बाहिरिएको लामिछानेले पुष्टि गरे ।

आफूले टेलिभिजन छाडेकोबारे उनले न्युज टिमलाई पनि जानकारी गराइसकेका छन् । उनी चर्चित टेलिभिजन कार्यक्रम ‘सिधा कुरा जनतासँग’का प्रस्तोता हुन् । चार वर्षदेखि लामिछानेले चलाउँदै आएको सिधा कुरा जनतासँगको ६ सय ३५औँ एपिसोड बिहीबार प्रसारण हुँदैछ ।

उक्त कार्यक्रम न्युन २४ बाट अब केही भाग प्रसारण हुने छ । लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, स’शक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन ।

लामिछानेले सिधा कुरा जनतासँग कार्यक्रमलाई अझ परिस्कृत, स’शक्त बनाएर पुनः दर्शकमाझ आउने बताएका छन । ‘म मिडियाबाटै अलग्गिन खोजेको होइन ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संबैधानिक ‘कु’ गरेको ठहर गर्दै नेपाली कांग्रेसले गर्ने बिरोधको कार्यक्रमलाई सफल र अझ शसक्त बनाउन रौतहटको कटहरियामा बिहिवार बैठक सम्पन्न भएको छ ।

नेपाली कांग्रेसका जुझारु युवा नेता तथा संबिधानसभा सदस्य सुनिल कुमार यादव ‘जितेन्द्र’को प्रमुख आतिथ्यतामा कटहरिया बजारमा रौतहट क्षेत्र नं. ३ को भेला बसेको हो । भेलाले प्रदेशसभा ‘क’ र ‘ख’ मा बिरोधसभा गर्ने निर्णय गर्दै बिरोधसभाको तयारिका लागी उपसमिती समेत चयन गरेको छ । प्रदेशसभा ‘क’ को उपसमितीमा गोपाल प्रसाद यादव, शेख शेराज, कमल किशोर मिश्र, राम मंगल प्रसाद यादव र कुमार प्रसाद चौलागाईं गरि ५ जनाको समिती चयन गरिएको छ भने ‘ख’ मा भोला प्रसाद यादव, अर्जन प्रसाद यादव, शुरेस कुशवाह, चतुर्गुण महतो, शुरेस प्रसाद यादव, रामानन्द प्रसाद यादव, गेनालाल प्रसाद यादव र अजय प्रसाद यादव छन ।

क्षेत्र नं. ३ को प्रदेशसभा ‘क’ अन्तर्गत बिजयपुर नगरपालीकाको बिजयपुर बजारमा र प्रदेशसभा ‘ख’ अन्तर्गतको देवाहि गोनाहिको मंगलबजारमा २५ गत्ते बिहान ११ बजे बिरोधसभा गर्ने कांग्रेसको तयारि छ । बैठकले केन्द्रिय परिपत्र अनुसार २५ गत्तेको कार्यक्रम बृहत रुपमा सफल पार्नका लागी उपसमिती गठन लगाएतको सम्पुर्ण निर्णय गरेको क्षेत्रीय उपसभापती प्रकाश श्रेष्ठले बताए ।

क्षेत्रीय सभापती रामभरोस प्रसाद यादवको सभाध्यक्षतामा बसेको बैठकमा जिल्ला उपसभापती सुनिल कुमार यादव, क्षेत्र नं.३ ख बिधानसभा प्रत्यासि राम नारायण प्रसाद यादव, क्षेत्र नं.३ क बिधानसभा प्रत्यासि महमद शेराज, राजकिशोर प्रसाद यादव, जिल्ला कमिटि सदस्यहरु शराजुल देवान, कमरुद्धिन, वालमिकी प्रसाद यादव, शेख महबुल, अर्जुन प्रसाद यादव, सुमिन्त्रा सापकोटा, गुजारा नगरअध्यक्ष कुमार प्रसाद चौलागाईं, फतुवा बिजयपुर नगरअध्यक्ष बाबुराम अधिकारि, गुजारा नगरपालीकाको उपमेयर प्रत्यासि रत्न लामा लगाएत जिल्लाका क्षेत्रीय नेता तथा कार्यकर्ताको उपस्थिती रहेको थियो ।

विहिबार नेपालमा थप ४१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । देशभर ५ हजार १ सय ३२ पीसीआर परीक्षण गर्दा ४१२ मा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ६३ हजार ६०५ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार ५८ रहेको छ ।

पछिल्लो २४ घण्टामा ४८३ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ५६ हजार ६४४ पुगेको छ । पछिल्लो २४ घण्टामा ४ जना थपिएसँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ९०३ पुगेको छ।

यस्तै हालसम्म ३४२ जना क्वारेन्टिनमा रहेका छन् । नेपालमा हालसम्म १९ लाख ६९ हजार २९२ जनाको पीसीआर परीक्षण गरिएको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय हरिवन, सर्लाहीका दुई कर्मचारीलाई ११ हजार घुस सहित नियन्त्रणमा लिएको छ ।

पक्राउ पर्नेमा मालपोतका नायब सुब्बा बेदनिधी बराल र हरिवन नगरपालिका २ का लेखापढी व्यवसायी राम सुन्दर महतो रहेको आयोगले जनाएको छ ।

आयोगका अनुसार जग्गाधनी दर्ता प्रमाण पत्र (लालपुर्जा) मा नाम संशोधन वापत सेवाग्राहीसँग अतिरिक्त रकम माग गरिरहेको भन्ने सूचना आधारमा पक्राउ गरेको हो ।

सुब्बा बेदनिधी बराल र लेखाबढी व्यवसायी महतोलाई मालपोत कार्यालय, हरिवनबाट नियन्त्रणमा लिई थप अनुसन्धान अघि सारिएको प्रवक्ता तारानाथ अधिकारीले जानकारी दिए ।

बीबीसी। अमेरिकी संसद्को संयुक्त बैठकले जो बाइडन र कमला ह्यारिसको गत वर्ष नोभेम्बरमा भएको जितलाई प्रमाणित गरेको छ। संसद्‌ले प्रमाणित गरेपछि अब बाइडनलाई ज्यानुअरी २० मा हुने शपथग्रहण गर्ने बाटो खुलेको छ।

संसद्‌मा एरिजोना र पेन्सिल्भेनियाको इलेक्टोरल मतका बारेमा रिपब्लिकनले चुनौती दिएको भए पनि ती दुईतिहाइले पारित भएनन् । संसद्को संयुक्त बैठकमा राष्ट्रपति डोनल्ड ट्रम्पका समर्थकहरूले बलपूर्वक संसद् भवनमा प्रवेश गरेका कारण केही बेर अवरुद्ध भएको थियो।

इलेक्टोलर मतगणनापछि उपराष्ट्रपति माइक पेन्सले बाइडनले ३०६ र ट्र्म्पले २३२ इलेक्टोलर मत प्राप्त गरेको घोषणा गरेका थिए। अमेरिकी राष्ट्रपतिमा निर्वाचित हुन २७० इलेक्टोलर मत आवश्यक हुन्छ।

इलेक्टोलर मतबारे नेभाडा, मिशिगन, विस्कन्सिन र जोर्जियाका सांसद्हरूको चुनौती भने सिनेट सदस्यको हस्ताक्षरको अभावमा तुहिएको थियो। यसअघि जोर्जियाका दुवै सिनेट सिटमा रिपब्लिकनलाई हराउँदै बाइडनको डेमोक्र्याटिक दलमा उम्मेदवार विजयी भएका छन्।

यो विजयसँगै डेमोक्र्याटिक दलको माथिल्लो सदन सिनेटमा पनि बहुमत हुने भएको छ। राफेल वारनक र जोन ओस्अफले सिनेटर रहेका केली लोफलर र डेभिड पर्डुलाई हराएका हुन्।

सन् २००९ यता पहिलो पटक डेमोक्र्याटिक दलको नियन्त्रणमा संसद्‌को माथिल्लो सदन, तल्लो सदन र ह्वाइट हाउस हुने भएको छ। जोर्जियाको निर्वाचनमा ४० लाखले मतदान गरेको बताइएको छ।

दुवै विजयमा मतान्तर झीनो भए पनि रिपब्लिकनहरूको नियन्त्रणमा रहेको जोर्जियामा डेमोक्र्याटिक दलको जित ट्रम्पको लागि नराम्रो झट्का हो। वारनक जोर्जियाबाट निर्वाचित हुने पहिलो अश्वेत र अमेरिकी सिनेटमा हालसम्मकै एघारौँ अश्वेत सदस्य हुन्।

प्रचण्ड–नेपाल समूहका नेता एवं तत्कालिन शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले बर्दिवास ११ खयरमाराबाट शहीद रामबृक्ष यादवको सालिक भत्काएर हटाउन लगाएका थिए। शहीद यादवको सालिक रहेको स्थानमा निर्मल लामाको नाममा शिक्षालय स्थापना गर्ने निर्णय गरिएको थियो।

उक्त निर्णयको विरोध भएपनि शहीद यादवको सालिक हटाउने काम भइरहेको थियो। तर, उक्त निर्णय अब उल्टिने भएको छ।

नेकपा प्रदेश २ का अध्यक्ष एवं सहरी विकास मन्त्री प्रभु साहको पहलमा मन्त्रिरिषद्बाट उक्त निर्णय सच्चायाउने तयारी भएको छ।

बुधबार साँझ मन्त्री साहसहितको टोलीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर शहीद यादवको नाममै उक्त शिक्षालय स्थापना गर्न आग्रह गरेका थिए।

मन्त्री साहका अनुसार प्रधानमन्त्री ओलीले उक्त प्राविधिक विद्यालयको नाम शहीद रामबृक्ष यादव बहुशिक्षालय राख्न सहमत भएका छन्।

तत्कालिन मन्त्री पोखरेलकै निर्देशनमा शहीद रामबृक्ष यादवको सालिक भत्काइएको थियो। जसको विरोध नेकपा प्रदेश २ का अध्यक्ष साहलगायतका नेताले गरेका थिए।

शहीद यादवको सालिक भत्काएर अपमान गरिदा शहीद रामबृक्ष यादवकै क्षेत्रबाट चुनाव जितेका र पटक–पटक मन्त्री भएका मातृका यादवले मौनता साधेर गिरिराजमणि पोखरेलको समर्थन गरेका थिए।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप (पीएमजीसी) २०२० को फाइनलमा नेपाली टिम ‘एबरप्ट स्लेयर’ प्रवेश गरेको छ ।

पीएमजीसीमा अब नेपाली टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल आगामी जनवरी २१ देखि २४ सम्म सञ्चालन हुनेछ । सुपर विकेण्ड राउण्डमा स्लेयरले १० औं स्थान ओगट्दै ग्लोबल च्याम्पियनशिपको फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो ।

यसअघि ‘पब्जी मोबाइल प्रो लिग साउथ एसिया’ को विजेता बनेको एबरप्ट स्लेयर र फस्ट रनरअप भएको ‘द रियल सोल्डर’ (डीआरएस) ग्लोबल च्याम्पियनशिपका लागि छनौट भएका थिए ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० मा नेपाली टिम एबरप्ट स्लेयर फाइनलमा प्रवेश गरेपनि डीआरएस भने सुपर विकेण्ड चरणबाटै बाहिरिएको थियो । फाइनलमा प्रवेश गरेको एबरप्ट स्लेयरले चार विकेण्डको अवधिमा कूल ४५ खेलमा ३ सय १२ अंक बटुलेको थियो ।

जसमा किल प्वाइन्ट १ सय ३२ र प्लेस प्वाइन्ट १ सय ८० प्राप्त गरेको थियो । त्यस्तै सुपर विकेण्ड चरणबाटै बाहिरिएको नेपाली टिम डिआरएसले जम्मा १ सय १४ अंक मात्र बटुल्न सफल भएको थियो ।

पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को विजेताले २० लाख अमेरिकी डलर अर्थात् करिब २३ करोड ४० लाख नेपाली रूपैयाँ पाउने छ । पब्जी मोबाइल ग्लोबल च्याम्पियनशिप २०२० को फाइनल खेल दुबईमा हुँदैछ ।

बुधवार बिहानै देखि पारिलो घाम लागेको तराईका जिल्लाहरुमा बिहिवार बिहानैदेखि बाक्लो हुस्सु लागेको छ । हुस्सु लागेपछ चिसो अत्यधिक बढेको छ भने जनजीवन प्रभावित भएको छ ।

हुस्सुका कारण रौतहट सहित तराईवासि बिहानैदेखि आगो बालेर तापीरहेका छन भने बिद्यालय उमेरका बालबालीकाहरुलाई समेत मर्का परेको छ । सवारि साधन चलाउन समेत समस्या भएको छ । चिसोका कारण तराईका बिपन्न परिवारलाई समस्या हुने गरेको छ ।

यस बर्ष पहिलेको जस्तो अत्यधिक चिसो र शितलहर नपरेको जानकारहरु बताउँछन । शितलहर परेको खण्डमा तराईको जनजिवन अन्यधिक कष्टकर हुने गरेको छ । तराईमा बसोवास गर्ने डुम, चमार, लगाएतका बिपन्न दलीत समुदाय चिसोका कारण बढि प्रभावित हुने गरेको छन ।

चिसोबाट बच्न चिकित्सकले समेत सुझाव दिएका छन । तराईको चिसोबाट साना केटाकेटी र बृद्धबृद्धालाई बचाउन चिकित्सको जोड छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।