रौतहटको गढिमाईमा आगलागी हुँदा करिव २ लाख २१ हजार बराबरको क्षति भएको छ । सोमवार गढिमाई नगरपालीका वडा नम्बर १ हरैया बस्ने जवाहिर राय यादवको फुसको छानो भएको गोठमा आगलागी भएको हो ।
लामखुट्टे धपाउन बालेको घुरको आगोबाट गोठमा आगलागी भएको बुझीएको छ । आगलागीको खबर आउना साथ ईलाका प्रहरि कार्यालय समनपुरबाट टोली खटिएर स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिईएकोले ठुलो क्षति नभएको प्रहरिले जनाएको छ ।
आगलागीबाट ३ वटा पाडो जलेर मर्नुका साथ गोठमा राखेको अन्नपात समेत जलेर नष्ट भएको छ ।
आईतवार बिहान ५ बजे बरामद बेवारिसे कपडाहरुमा कसैको दाबि नपरेपछि रौतहट प्रहरिले सोमवार भन्सार बुझाएको छ ।
आईवार बिहान जिल्लाको गरुडा नगरपालीका वडा नम्बर ५ झाँझपुल सडक किनारमा बच्चाहरुको रेडिमेड कपडा र महिलाहरुको सल प्रहरिले फेला पारेको थियो ।
बोरामा रहेको करिव एक लाख चार हजार तिन सय पचास रुपैँया बरावरको कपडामा कसैले दाबि नगरेपछि आवश्यक कारवाहिका लागी गौर भन्सार बुझाएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।
सर्लाहीको चन्द्रनगर गाउँपालीकाका जनप्रतिनिधिहरुलाई जनतासँग प्रत्यक्ष सरोकार राख्ने बिषयहरुमा अभिमुखिकरण तालीम प्रदान गरिएको छ । वातावरण संरक्षण तथा मानव बिकाश संस्था सुनसरिको आयोजना तथा चन्द्रनगर गाउँपालीकाको आर्थिक सहयोगमा जनप्रतिनिधिहरुका लागी नेतृत्व तथा क्षमता बिकास अभिमुखिकरण गोष्ठि सम्पन्न भएको हो ।

मलंगवा स्थित होटल कुसुम एण्ड पार्टि प्यालेसको तालीम हलमा चैत्र ६ र ७ गत्ते गोष्ठि सम्पन्न भएको हो । सहभागी जनप्रतिधिहरुलाई आवासको सुविधा सहित संचालीत गोष्ठिमा चन्द्रनगर गाउँपालीकाका सबै जनप्रतिनिधिहरु सहभागी भएका थिए । गोष्ठिमा जनप्रतिनिधिहरुको काम, कर्तब्य र अधिकारको बिषयमा स्पस्ट जानकारि प्रदान गरिएको थियो ।

गाउँपालीका अध्यक्ष महेन्द्र महतोको अध्यक्षता तथा उपाध्यक्ष बिनादेवीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा दिपक श्रेष्ठ तथा वातावरण संरक्षण तथा मानव बिकाश संस्थाका अध्यक्ष भुवनेश्वर साहले प्रशिक्षण दिनुभएको थियो ।
ईलाका प्रहरि कार्यालय लालबन्दीले रानिगञ्जबाट १५ किलो लागु औषध गाँजा सहित अटो, चालक र अर्का एकजनालाई पक्राउ गरेको छ ।
सर्लाहीको लालबन्दी नगरपालीका वडा नम्बर १७ स्थित रानिगञ्जमा परवानीपुर देखि रानिगञ्जसम्म चल्ने अटोलाई आईतवार साँझ करिव ६ बजेको समयमा चेक जाँच गर्ने क्रममा सो परिमाणको गाँजा फेला पारेको प्रहरिले जनाएको छ । बिशेष सुराकीको आधारमा ईलाका प्रहरि कार्यालय लालबन्दीका प्रहरि निरिक्षक निर्मल थापाको कमाण्डमा गएको प्रहरि टोलीले परवानीपुरबाट रानिगञ्ज तर्फ जाँदै गरेको ज१ह ४६०९ नम्बरको अटोलाई चेकजाँच गर्दा जेब्रा झोला भित्र ३ वटा प्लास्टिकको पोकामा रहेको १५ किलो गाँजा फेला पारेको हो ।
राजिगञ्जका पुष्प बहादुर फुँयालले चलाएको अटोको पछाडि बसेका सोहि ठाउँका ४० बर्षका सुरेन्द्र कुमार बलको साथमा रहेको २५ हजार सहित र लालबन्दी नगरपालीका वडा नम्बर १४ का ४१ बर्षिय पाल्साङ पाख्रिनलाई अटो र अटो चालक सहित नियन्त्रणमा लिएर हिरासतमा राखि अनुसन्धान भईरहेको जिल्ला प्रहरि कार्यालय सर्लाहीका सुचना अधिकृत प्रहरि नायव उपरिक्षक मदन कुवंरले जानकारि दिनुभएको छ ।