अमेरिकी न्याय विभागले भारतीय औषधि निर्माता कम्पनीलाई ५ करोड डलर जरिवाना गर्ने भएकाे छ। फ्रिसेनियस काबी ओन्कोलोजी लिमिटेड (एफकेओएल) कम्पनीले आवश्यक रेकर्ड नष्ट गरेको भन्दै जरिवाना गर्न लागेकाे हाे।
एफकेओएलको पश्चिम बंगालको कम्पनी छ। यसले क्यान्सर सम्बन्धित औषधिहरू अमेरिकामा बिक्री गर्दै आएको थियो। खाद्य तथा औषधि प्रशासन (एफडीए)को टोलीले सन् २०१३ मा एफकेओएलको कारखाना निरीक्षण गरेको थियो । तर, कम्पनीले आवश्यक रेकर्ड मात्र लुकाएन, नष्ट पनि गरेको थियो।
एफडीए कानून उल्लंघन गरेको आरोपमा दोषी ठहरिएको थियो। अनुसन्धानको क्रममा कम्पनीले आवश्यक कागजातहरू उपलब्ध गराउन सकेको थिएन।
‘औषधि उत्पादनको रेकर्ड मात्रै कम्पनीले नष्ट गरेको छैन। एफकेओएलले एफडीए नियमको नियम पनि उल्लघंन गरेको छ। त्यो भन्दा धेरै गम्भीर बिरामीहरुलाई खतरामा पारेको छ,’ न्यायाधीशले भनेका छन्।
सर्लाहीको ईश्वरपुर नगरपालिका–१३, मा रहेको प्राथमिक विद्यालय बाहुन टोलमा वुधवार नमूना बाल विकास केन्द्र भवनको शिलान्यास गरिएको छ ।
समुन्नति कार्यक्रम अन्तर्गत सेभ द चिडे«नको आर्थिक सहयोगमा ग्रामीण नारी उत्थान संघ हरिपुरले निर्माण गर्न लागेको भवनको नगर प्रमुख मनोजकुमार देवकोटाले शिलान्यास गरेका हुन् । नमूना बाल विकास केन्द्र भवन निर्माणका लागि १५ लाख ९२ हजार ८४२ रुपैयाँ बजेट विनियोजन गरिएको ग्रामीण नारी उत्थान संघका उपाध्यक्ष विष्णु चालिसेले जानकारी दिए ।
दुई महिनाभित्रै भवन निर्माण गरेर हस्तान्तरण गर्ने लक्ष्य रहेको संस्थाले जनाएको छ ।
राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (नेसनल प्याब्सन) आवद्ध विद्यालयले अबदेखि मासिक कुल आयको ०.५ प्रतिशत रकम जगेडा कोषमा राख्नुपर्ने भएको छ ।
आकस्मिक र भैपरि आउने असहज अवस्थाको व्यवस्थापन गर्नको लागि छुट्टै जगेडा कोषको निर्माण गर्न र मासिक कुल आयको कम्तिमा ०.५ प्रतिशत रकम जम्मा गर्नुपर्ने नेसनल प्याब्सनले आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको छ । चैत्र ४ र ५ गते कञ्चनपुरको महेन्द्रनगरमा सम्पन्न केन्द्रीय समितिको बाहौं बैठकले गरेको निर्णय अनुसार आवद्ध विद्यालयहरुलाई निर्देशन दिएको हो ।
नेसनल प्याब्सनले पत्रकार सम्मेलन गर्दै कोरोनाका कारण उत्पन्न परिस्थितिमा विद्यालयको आवश्यकता अनुसार केन्द्रीय समितिले सहयोग गर्ने जनाएको छ ।
विद्यालयले शिक्षण सिकाइका गतिविधिलाई विभिन्न माध्यमबाट प्रभावकारी ढङ्गले व्यवस्थापन र सञ्चालनका लागि केन्द्रले सहयोग गर्ने अध्यक्ष ऋतुराज सापकोटाले बताए ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले होली पर्व घरमै मनाउन र भीडभाड नगर्न अपील गरेको छ ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमितको संख्यासँगै जोखिम बढेको भन्दै मन्त्रालयले थप सतर्कता अपनाउन आग्रह गरेको छ ।
बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने, ‘पछिल्लो केही दिनमा संक्रमणको संख्या उकालो लागेको छ । जोखिम पनि बढेको छ । त्यसैले होली घरमै मनाउन र भीडभाड नगर्न आग्रह गर्छौं ।’
रंगहरुको पर्व होली पहाडमा चैत १५ र तराई मधेसका जिल्लामा १६ गते मनाइँदैछ । बुधबार नेपालमा ३९६३ परीक्षणमा १४५ जनामा संक्रमण पुष्टि भएको छ ।