२०८३ जेष्ठ १८ सोमबार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ १८ सोमबार

राप्रपाकाे आगामी अध्यक्षमा राजेन्द्र लिङ्देनले अध्यक्ष पदमा उम्मेदवारी दिने घाेषणा गरेका छन्।

केहीबेरअघि काठमाडौंमा पत्रकार सम्मेलन गर्दै लिङ्देनले अध्यक्षमा उम्मेदवारीमा घोषणा गरेका हुन् । 

उनको प्यानलबाट महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा गरिएकाे छ । ‘बिहीबार अध्यक्षमा राजेन्द्र लिङ्देन र महामन्त्रीमा धवलशमशेर राणाको उम्मेदवारी घोषणा भएकाे छ’, राप्रपाका युवा नेता अधिवक्ता सुजित केसीले भने, ‘बाँकी पदमा पछि घोषणा गरिनेछ ।’ 

 अध्यक्षमा उम्मेदवारी दिने घाेषणा गरेका लिङ्देन प्रदेशमा बलियो देखिएका छन् । सात प्रदेशमध्ये तीनमा लिङ्देन समूहबाट अध्यक्षमा निर्वाचित भएका छन् भने दुईवटा प्रदेशमा कमल थापा र एक प्रदेशमा पशुपतिशमशेर राणा पक्षधर अध्यक्षमा निर्वाचित हुँदा र लुम्बिनी प्रदेशका अध्यक्ष प्रदीप उदय कुन समूहका हुन् भन्ने खुलिसकेको छैन । यद्यपि, उनले लिङ्देनलाई समर्थन गर्न सक्ने राप्रपाका एक नेताले बताए । 

लिङ्देन पक्षधरले प्रदेश २, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेश अध्यक्षमा निर्वाचित भएका छन् । प्रदेश १ र बाग्मती प्रदेशमा कमल थापा समूहबाट अध्यक्षमा निर्वाचित हुँदा कर्णाली प्रदेशमा पशुपति पक्षधर अध्यक्षमा निर्वाचित भएका हुन् । 

पछिल्लो समय थापा, राणा र प्रकाशचन्द्र लोहनीप्रति असन्तुष्ट युवा समूहले लिङ्देनलाई समर्थन जनाएका छन् । यो समूहले पुरानै व्यक्ति राप्रपाको नेतृत्वमा दोहोरिए पार्टीको अस्तित्व संकटमा पर्न सक्ने आंकलन गरेका छन् । 

राप्रपाको महाधिवेशन १५–१७ मंसिरमा हुँदै छ । 

रमेश भट्टराई ‘सहृदयी’ | बहुसङ्ख्यकले प्रयोग गर्ने ‘विद्युतीय लिपि’ प्रीति नै हो तर सबैतिर यही ‘विद्युतीय लिपि’ प्रयोगको अभ्यास नहुँदा समस्या पनि झेल्नुपरेका उदाहरण भेटिरहिन्छन् । आजको वैज्ञानिक विद्युतीय सामग्रीलाई समुचित प्रयोग गर्न कुन ‘विद्युतीय लिपि’ को प्रयोगलाई सरकारी मान्यता दिने भन्ने विषयमा चर्चा, छलफल र बहस भएको पाइँदैन ।

नेपाली भाषा प्रयोगको सन्दर्भलाई नेपाल प्रज्ञा-प्रतिष्ठानको नेपाली बृहत् शब्दकोश २०७५ लाई मोबाइल ‘एप’ का रूपमा विकसित गरेदेखि धेरै कुरामा सहज भएको देखिन्छ । प्रयोगकर्तामा यस्ता कार्यले सकारात्मक सन्देश प्रवाह गर्छन् । यद्यपि नेपाली भाषा संविधानतः नेपालको माध्यम भाषा हुँदाहुँदै पनि यसको प्रयोगमा कतिपय प्राविधिक समस्यालाई भोगिरहेका हुन्छौँ ।

कार्यालयका आधिकारिक कागजातमा भाषा

धेरैजसो सरकारी कार्यालयका आधिकारिक कागजातमा नेपाली भाषालाई शाब्दिक तथा वाक्यगत रूपमा साह्रै धेरै अशुद्ध तवरमा प्रयोग गरिएको देखिन्छ । ‘भाषा भनेको त भाव बुझे भइहाल्यो नि’ भन्दै पन्छिन चाहनेको सङ्ख्या धेरै हुँदा नेपाली भाषा साँच्चै कुरूप बन्दै छ । विडम्बना, नेपालकै सरकारी कर्मचारीले अप्ठ्यारो नमानी भन्ने गर्छन् ‘मलाई नेपाली आउँदैन ।’ यसो भनिरहँदा सबैले भाषा नजान्लान् तर भाषिक प्रेमकै अवमूल्यन हुनु पीडादायी विषय हो ।

एउटा कोणबाट हेर्दा यो पलायनवादी मान्यताको प्रोत्साहन पनि हो । यसर्थ अब त कमसेकम कार्यालयमा नेपालीमा शुद्ध लेख्न सक्ने नेपाली भाषी कर्मचारी भएमा राम्रो हुन्थ्यो कि ? हरेक देशले आफ्नो भाषा र संस्कृतिप्रति सद्भाव राख्छ, प्रेम गर्छ तर नेपाल त यस्तो देश बन्दै छ जहाँ आफ्नै देशको माध्यम भाषामा पनि राजनीतिको खोल ओढाएर अनकौँ जटिलता सिर्जना भइरहन्छन् ।

कुन ‘फन्ट’ आधिकारिक हो त ?

हुनलाई यहाँ ‘फन्ट’ शब्द नै अङ्ग्रेजी शब्द हो । यसलाई ‘विद्युतीय लिपि’ अर्थात् ‘विद्युतीय लेखन लिपि’ भन्न पनि सकिएला । नेपाली भाषालाई शुद्ध र मानक प्रयोग गर्नका लागि प्रविधिको ज्ञान आवश्यक छ । बहुसङ्ख्यकले प्रयोग गर्ने ‘विद्युतीय लिपि’ प्रीति नै हो तर सबैतिर यही ‘विद्युतीय लिपि’ प्रयोगको अभ्यास नहुँदा समस्या पनि झेल्नुपरेका उदाहरण भेटिरहिन्छन् ।

आजको वैज्ञानिक विद्युतीय सामग्रीलाई समुचित प्रयोग गर्न कुन ‘विद्युतीय लिपि’ को प्रयोगलाई सरकारी मान्यता दिने भन्ने विषयमा चर्चा, छलफल र बहस भएको पाइँदैन । कतिपय प्राविधिक पक्षको अभाव त्यहाँ छ जहाँ ‘सिम्बोल’ मा गएर खोज्दा पनि खोजेको वर्ण, चिन्ह पाइँदैनन् । मूलतः त्रिवितिर शोधअध्ययन तयार पार्न या अन्य कार्यविधिमा प्रीति फन्टको प्रयोग गर्नुपर्ने मान्यता रहेको पाइन्छ । धेरै कार्यालयमा आआफ्नै तरिकाका फन्ट प्रयोग गरिन्छन् । कतिपयले कुनै एउटा फन्टलाई मान्यता दिएर आफ्नो कार्यालयमा एउटै फन्टको एकतन्त्री शैली अपनाएका हुन्छन् । यसको अर्थ अन्य फन्टले त्यहाँ मान्यता पाउँदैन । अतः अब आधिकारिक रूपमा बहुसङ्ख्यकले प्रयोगमा ल्याएको प्रीति ‘विद्युतीय लिपि’ प्रयोग गर्ने नीतिका साथमा यसभित्रका अभावलाई पूरा गर्ने गरी प्राविधिक व्यवस्थापन पो गर्ने हो कि !

भाषा प्रयोगको चरम लापर्बाहीलाई नियमन कसले गर्ने ?

आज भाषाको प्रयोग जथाभावी हुन्छ । सञ्चार क्षेत्रमा अङ्ग्रेजी मिश्रित खिचडीयुक्त भाषा हाबी बन्दै गएको छ । मौलिक प्रयोगमा बेपर्बाह मिश्रण हुँदा आधा अङ्ग्रेजी आधा नेपाली मिसाएर बोल्ने खिचडी शैली पाइन्छ । न आफ्नो जान्यो न अर्कोमा पूणर्ता भयो । आखिर यसरी मिश्रित शैलीको बडप्पन देखाउनुभन्दा कमसेकम एउटा भाषा, अर्को भाषा जुन प्रयोग गरिन्छ त्यो सबल र स्पष्ट भए राम्रो हुँदो हो ।

आज त जबरजस्ती लादिन्छ । नेपाली माध्यमको शिक्षामा निरुत्साहित गर्ने शिक्षालाई बोकेर सरकार स्वयं पनि ‘नेपाली जानेर के काम’ भन्ने सोचमा प्रोत्साहन त गर्दै छैन, सोचनीय पक्ष छ । यदि हामी आफू र आफ्नोपनामा कमजोर र असक्षमता देखिरहन्छौँ भने हामी सबैको लक्ष्य विदेश पलायनमै ठोकिएको त होइन ? स्वदेशको आत्मनिर्भरता, स्वदेशको विकास, स्वाभिमान रक्षाको कुरो कहाँ गएर ठोकिएला ? हिन्दी चलचित्र मन पर्ला, अङ्ग्रेजी भाषा राम्रो लाग्ला नै तर हाम्रा आफ्ना शैलीमा आफ्नोपना छैन र ! विज्ञानको चमत्कारलाई देखेर पश्चिमीकृत हुँदै जाँदा हामी नै पलायनवादी भइरहेका छौँ कि ! हामीले सञ्चार माध्यममा कुनै एउटा शुद्ध र स्पष्ट भाषाको प्रयोग गरौँ न ।

कमसेकम अङ्ग्रेजी प्रयोग गरिन्छ भने शुद्ध अङ्ग्रेजी अर्थात् नेपाली प्रयोगमा शुद्ध नेपाली भाषाको प्रयोग होस् । यसको अर्थ भाषा अपरिवर्तनशील हुन्छ भन्ने विशेषतामा गलत अर्थबोध नहोओस् । परिवर्तन हुँदै भाषा समयअनुसार अघि बढ्छ तर भाषाको अप्रत्यासित अपसारणशीलता बढ्दा आज अपक्षयीकरण भइरहेको छ । सक्षम नेपाली भाषा पनि कुरूप र बेढङ्गको बन्दै छ । यसको मूल कारण सरकारको भाषानीति र भाषायोजनासँग गएर जोडिन्छ । सञ्चार, शिक्षाको माध्यम, विद्युतीय सूचना प्रविधि, लेख्य मानकीकरण र आधुनिकीकरणको व्यवस्थापन लगायतका क्षेत्र र विषयमा सरोकारवाला के गर्दै छन् । यहाँ त उल्टो वणर्विन्यासमा नयाँ र पुरानो शैली अपनाउनेको राजनीतिगत खेमाबन्दी कायम छँदै छ । नेपाली भाषाको वणर्विन्यासका विषयमा एकजुट हुनुपर्नेमा दुई धारका विचारकहरूका कारण अनुसन्धाता, लेखक, अध्येतामा समेत अन्योलको अवस्था सिर्जना नभएका होइनन् ।

सूचना पाटी (होर्डिङ बोर्ड) मा शुद्ध लेखे के बिग्रन्छ ?

हुन त ‘होर्डिङ बोर्ड’ शब्द आफैँमा अङ्ग्रेजी हो । भाषामा कथ्यमा भन्दा पनि व्यावहारिक प्रयोगमा झनै शुद्धता हुनु आवश्यक हुन्छ । सर्वसाधारण जनताले बुझ्नेसम्मका विषयमा सामान्यीकरण भए पनि कमसेकम जानाजान लाद्ने शैलीलाई बदल्न सूचनापाटीमा लेखिने भाषामा शुद्धता आवश्यक छ । मूलतः सबै टाँगिएका पसलका विज्ञापन र नामलाई शुद्ध लेख्ने अभियानको खाँचो छ । अङ्ग्रेजीमा लेख्ने हो भने रोमन लिपिमै लेखियोस् । नेपालीमा लेख्ने भए देवनागरीमा नै र तलपट्टि माध्यम भाषा तथा अन्तमा अङ्ग्रेजी भाषामा लेखिनु राम्रो हुन्छ । यसमा त्रिभाषिक नीति आवश्यक देखिन्छ ।

प्रदेशले प्रादेशिक भाषालाई प्राथमिकतामा राखेर नेपाली र अङ्ग्रेजीलाई कोष्ठकभित्र प्रयोग गर्नु सान्दर्भिक देखिन्छ । सवारी साधनमा प्रयोग हुने यातायात सूचना पाटीदेखि यातयात साहित्यमा प्रयोग भएका भाषामा समेत शुद्धता हुनु आवश्यक छ । यस कार्यमा मुलुकले अभियान चलाउन सक्नुपर्छ । सम्बन्धित सरोकारवालाले शुद्धतामा सप्रेम ध्यान दिने गरी भाषिक गरिमा कायम गर्ने नीति नहुँदा भाषाप्रतिको सचेतता भएको देखिँदैन । यदि अङ्ग्रेजी प्रयोग गरिन्छ भने त्यहाँ पनि शुद्ध प्रयोग गरियोस् । नेपाली भाषाको प्रयोग गर्ने हो भने त्यो पनि शुद्ध होओस् साथै प्रादेशिक वा मातृभाषा पनि शुद्ध लेखियोस् ।

निष्कर्ष

कोरिया, जापान, चीन, फ्रान्स, अरबी मुलुक, साउदी अरेबिया लगायतका मुलुकले आफ्नै देशको भाषालाई प्रोत्साहन गर्ने कानुनी प्रावधानलाई अपनाइरहँदा हामी भने नेपाली भाषामा राम्रोसँग एउटा निवेदन लेख्न जान्दैनौँ । एक अनुच्छेद नेपाली भाषामा लेखेर प्रस्तुत गर्न आजको शिक्षित नवपुस्ताले जान्दैन । निमन्त्रण कार्ड, तमसुक, चिठी लगायतका दैनिक व्यावहारिक कागजात लेखनमा नेपाली भाषा प्रायोगिक विषय हो । यसर्थ भाव पोख्ने सबैभन्दा सुलभ वस्तु भाषा हो । भाषा नै सबै जाति, संस्कृति, धर्म, परम्पराको सम्बन्ध गाँस्ने सेतु हो ।

साहित्य, वाङ्मय, शब्दकोश, लिपि, वर्ण, व्याकरणजस्ता भाषा बाँच्न चाहिने पूर्वाधारलाई समृद्ध तुल्याउनु मुलुकका आम नागरिकको दायित्व हो । विश्वमा व्यापकता पाएको अर्थात् विश्वव्यापीकरणमा गति लिइरहेको नेपालको सक्षम भाषा नेपाली भएकाले यस विषयमा सबैले चासो राख्नु आवश्यक देखिन्छ । यसो भनिरहँदा हामी हिन्दी भाषाको प्रचुर प्रयोग, अङ्ग्रेजी मोह र मिश्रित भाषा प्रयोगमा लहसिँदा आफ्नोपन धरापमा परिरहेको छ । अङ्ग्रेजीमा अलिकति पनि गल्ती नहुने गरी सच्याइन्छ तर नेपाली भाषालाई जथाभावी प्रयोग गरेर कुरूप बनाउँदा मन पोल्नु आवश्यक छ किनभने यो भावनासँग गाँसिएको विषय हो ।

-साहित्यपोस्टबाट साभार

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।