सर्लाही । जिल्ला प्रहरी कार्यालय सर्लाहीले आज पत्रकार भेटघाट तथा शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न गरेको छ । सदरमुकाम मलंगवास्थित प्रहरी परिसरमै सो कार्यक्रम भएको हो ।
कार्यक्रममा जिल्लाको शान्ति सुरक्षाको अवस्था, चाडपर्व लक्षित सुरक्षा योजना तथा अन्य रणनितिको बारेमा जिल्ला प्रहरी प्रमुख प्रहरी उपरिक्षक रबिन्द्रनाथ पौडेलले पत्रकारसमक्ष जानकारी गराएका थिए । उनले आफुले जिल्लाको प्रहरी प्रमुखको जिम्मेवारी सम्हालेदेखि हालसम्मको तथ्यांकसमेत प्रस्तुत गरे ।

कार्यक्रममा पत्रकारहरुले शान्ति सुरक्षाको अवस्था, चाडपर्वमा प्रहरीलाई आउनसक्ने चुनौती र तयारीका सम्बन्धमा विविध जिज्ञासा राखेका थिए ।