झापामा राप्रपामा प्रवेश गर्नेको लर्को


झापा / राष्ट्रिय प्रजातन्त्र पार्टीको अध्यक्षमा राजेन्द्र लिङदेन निर्वाचित भएपछि झापामा राप्रपामा प्रवेश गर्नेको लर्को नै लागेको छ ।
अधयक्षमा निर्वाचित भएपछि पहिलो पटक झापा आएका लिङदेनलाई राप्रपाका कार्यकर्ता मात्र नभई तमाम झापाबासीको न्यानो सम्मान ब्यक्त भएको थियो ।
पुस ३ गते झापा आएका राप्रपा अध्यक्ष लिङदेन झापा बसुन्जेल पार्टी प्रवेशको लर्कोले भ्याइ न भ्याई भएको राप्रपाका झापा जिल्ला अध्यक्ष केशव ओझाले जानकारी दिए ।
पुस ३ गते बिर्तामोडमा भएको स्वागत तथा पार्टी प्रवेश कार्यक्रममा ३७५ जना, बाह्दशी गाउँपालिकामा आयोजित विभिन्न कार्यक्रममा २५० जना, कचनकवल गाउँपालिकामा ५० जना, भद्रपुर नगरपालिकामा ५२३ जना, झापा क्षेत्र नं ५ को गौरीगञ्ज, गौरादह।कमल गाउँपालिका र दमक नगरपालिकाबाट ५०० भन्दा बढी नेकपा एमाले, नेपाली कांग्रेस र माओबादी केन्द्र परित्याग गरि राप्रपामा प्रवेश गरेको राप्रपा जिल्ला अध्यक्ष ओझाले जनाएका छन् ।
राप्रपामा प्रवेश गर्नेमा नेपाली कांग्रेसको समानुपातिक उम्मेद्वार बिकेन्द्र मेन्याङबो, नेकपा एमालेको कर्मचारी विभागको पूर्व केन्द्रिय सदस्य मातृका आचार्य, माओवादी केन्द्रका दुर्गा खरेल लगायत विभिन्न पार्टीको उपल्लो नेतृत्वमा रहेका व्यक्तिहरु रहेको राप्रपा झापाले जनाएको छ ।