सिन्धुलीमा बोलेरो दुर्घटना हुँदा लालबन्दीका मोक्तानको ज्यान गयो

913
Friendship Mobile

सर्लाही | सिन्धुलीमा बोलेरो दुर्घना हुँदा लालबन्दीका एकजनाको मृत्यु भएको छ । गएराती भएको दुर्घटनामा परि लालबन्दी नगरपालीका १५ का २० बर्षिय कुन्थाङ मोक्तानको ज्यान गएको हो ।

महोत्तरिको बर्दिवासबाट काठमाण्डौँ जाँदै गरेको प्रदेश २–०२–००१च४०८ नम्बरको कुखुरा बोक्ने बोलेरो गाडि बिपि राजमार्ग अन्तर्गत सिन्धुलीको सुनकोशि गाउँपालीका ६ रिट्ठे भिर नजिक सडकबाट २०० मिटर तल खसेको सिन्धुली प्रहरिले बताएको छ ।

दुर्घटनामा परि ३० बर्षिय चालक आईतसिङ बम्जन र २१ बर्षिय मनिष परियार गम्भिर घाईते भएका छन ।

घाईतेहरुको काभ्रेस्थित धुलिखेल अस्पतालमा उपचार भईरहेको र चालक आईतसिंह डिस्चार्ज भईसकेका जिल्ला प्रहरि कार्यालय सिन्धुलीका प्रवक्ता प्रहरि नायव उपरिक्षक मनोज कुमार लामाले जानकारि दिनुभयो ।