मधेस आन्दोलनका शहीद परिवारलाई ३ लाख : प्रदेश २ सरकार

171
Friendship Mobile

सर्लाही | प्रदेश २ सरकारले विभिन्न समयमा भएका मधेस आन्दोलनमा शहीद भएकाको परिवारलाई ३ लाख उपलब्ध गराउने भएको छ ।

आगामी माघ ५ गते प्रदेश सरकारले मनाउने बलिदानी दिवसमा शहीद परिवारलाई जनही ३ लाखका दरले उपलब्ध गराउने भएको हो । यसपटक प्रदेश सरकारले राजविराजमा बलिदानी दिवस मनाउँदैछ ।

यो दिवसमा मधेस आन्दोलनमा शहीद भएका ५७ जनाको परिवारलाई ३ लाखका दरले प्रदान गरिने प्रदेश सरकारका प्रबक्ता समेत रहेका अर्थ मन्त्री शैलेन्द्र साहले जानकारी दिए । त्यस्तै, मधेस आन्दोलनका घाइतेलाई पनि रकम प्रदान गरिने छ ।

उनले घाइतेको अवस्था हेरि २५ हजारदेखि ३ लाखसम्म प्रदान गरिने प्रदेश सरकारको निर्णय भएको जानकारी दिएका छन ।