विभिन्न किसिमका लागुऔषधसहित दुई जना पक्राउ

181
Friendship Mobile
  • क्षितिज बिश्वकर्मा | सर्लाही

प्रहरीले आइतवार राती करिव साँढे ९ बजेको समयमा विभिन्न किसिमका लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा लालबन्दी नगरपालिका ८ बस्ने ४३ वर्षीय अख्तर हुसेन र ईश्वरपुर नगरपालिका ६ बस्ने ३६ वर्षका अशोक लामा छन् ।

राती सदरमुकाम मलंगवाबाट नवलपुरतर्फ आउँदै गरेको एचआर २६ बीएफ १८७६ नम्बरको रातो रंगको कारलाई कबिलासीमा चेकजाँच गर्ने क्रममा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट सय एमएलको डायलेक्स डिसी ११ बोतल, नुफिन/फेर्गन ११ एम्पुल र हाईटेक इन्जेक्सन ३ पिस बरामद भएको जिल्ला प्रहरी कार्यालय मलंगवाका सूचना अधिकृत डिएसपी माधवप्रसाद बुडाथोकीले जानकारि दिनुभयो ।