अध्यक्ष यादवको अधिकार कटौती, स्थानीय तहको टिकट भट्टराई र राईको हातमा

139
Friendship Mobile

सर्लाही | जनता समाजवादी पार्टी नेपाल (जसपा) को कार्यकारिणी समितीको आइतबार बसेको बैठकले पार्टीका कार्यकारी अध्यक्ष उपेन्द्र यादवको अधिकार कटौती गरेको छ ।

स्थानिय तहको उम्मेदवारको टिकट वितरण प्रणालीमा अध्यक्ष यादवको हस्ताक्षर माथि विश्वास जुट्न नसकेपछि त्यस ठाउँमा पार्टीका वरिष्ठ नेता अशोक राईको हस्ताक्षर चल्ने बैठकले सर्वसहमतबाट निर्णय गरेको अध्यक्ष यादवको सचिवालयले जनाएको छ । कार्यकारिणी समितीको लगातार ३ दिनको लामो बैठक पश्चात् आइतबारको सो निर्णय गरिएको हो । अध्यक्ष यादवप्रति विगतको अविश्वसनीय क्रियाकलापले बैठक तातेको थियो ।

पार्टीको तर्फबाट सरकारमा कसलाई कुन मन्त्री बनाउने भन्ने विषयमात्रै होइन, नियुक्ति र जिम्मेवारीका सन्दर्भमा कमिटीलाई जानकारी नै नगराउने र एकलौटी निर्णय गर्ने विगतको कार्य शैलीप्रति अध्यक्ष यादवसँग केन्द्रीय नेताहरु असन्तुष्ट छन् ।

‘बोलाई र गराईमा एकरुपता नभएकोले अध्यक्ष उपेन्द्रले पार्टीभित्र विश्वास गुमाउँदै गएका छन् ।

बैठकमा स्थानीय निर्वाचन तथा पार्टी दर्ता सम्बन्धी, एमसीसी सम्बन्धी, देशको वर्तमान राजनीतिक परिस्थीति, संगठनात्मक कार्यको समीक्षा र समायोजन सम्बन्धमा, कार्यकारिणी समितिमा पदपूर्ति, कार्यकारिणी समितिका सदस्यहरुको कार्य विभाजन, पार्टी विधान सम्मेलन सम्बन्धमा, सामूहिक र समानुपातिक नेतृत्व प्रणालीबारे, संगठन सुदृढीकरण तथा जनभेटघाट अभियान सम्बन्धमा, सरकार र सरकारमा सहभागी मन्त्रीहरुको कार्य समीक्षा, केन्द्रीय समीति र संघीय परिषद्को बैठक गरी ११ बुँदे एजेन्डामा छलफल गर्ने तय भएको थियो ।