परवानीपुरका खेलाडि बिश्वकर्मालाई ५० हजार सहयोग

534
Friendship Mobile
  • क्षितिज बिश्वकर्मा | सर्लाही

लालबन्दी नगरपालिका वडा नम्बर १६ का फुटवल खेलाडिलाई बुधवार पचास हजार रुपैँया आर्थिक सहयोग प्रदान गरिएको छ ।

स्थानिय मिरमिरे युवा क्लवका खेलाडि अविरल बिश्वकर्मालाई उनकै निवासमा पुगेर आर्थीक सहयोग हस्तान्तरण गरिएको हो ।

केहि समय अगाडि लालबन्दी ६ मा भएको जिल्लास्तरिय ए डिभिजन फुटवल प्रतियोगीतामा खेलका क्रममा घाईते भएका खेलाडि बिश्वकर्मालाई अखिल नेपाल फुटवल संघका अध्यक्ष बिष्णु सुस्लिङले उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।

वडाध्यक्ष गणेश थापाको बिशेष पहलमा संघको तर्फबाट खेलाडि बिश्वकर्मालाई आर्थीक सहयोग प्रदान गरिएको हो ।

त्यहाँका खेलाडि तथा वडावासिले खेलकुद क्षेत्रलाई वडाध्यक्ष थापाले अत्यधिक सहयोग गरिरहेको र खेलाडिहरुलाई पनि माया गर्ने गरेको बताएका छन । त्यसैको फलस्वरुप पछिल्लो समय परवानीपुरले जिल्लामा हुने बिभिन्न फुटवल प्रतियोगीता जितिरहेको उनिहरुको दाबि छ ।