आईसीसी  विश्वकप लिग : नेपालले आज ‘पीएनजी’सँग प्रतिस्पर्धा गर्दै 

334
Friendship Mobile

काठमाडौं | आईसीसी  विश्वकप लिग टु क्रिकेट अन्तर्गतको एकदिवसीय सिरिजमा नेपालले आज पपुवा न्युगिनी (पीएनजी) सँग प्रतिस्पर्धा गर्दै छ।

युएईमा नेपाल र पीएनजीबीचको खेल नेपाली समय अनुसार बिहान सवा ११ बजे सुरु हुनेछ। सन्दीप लामिछानेको कप्तानीमा रहेको नेपाल आज पीएनजीलाई हराउँदै सिरिजमा सुखद सुरुआत गर्न चाहन्छ। पीएनजी पनि नेपाललाई हराएर पहिलो जित निकाल्ने योजनामा रहेको छ।

नेपालले यस अघि पीएनजीविरुद्ध दुई एकदिवसीय खेल खेलेको छ। दुबै खेलमा नेपालले जित निकालेको छ। जसको कारण पनि नेपाल उच्च मनोबलसहित मैदान उत्रनेछ। लिग टु मा नेपालले ८ खेलमा ८ अंक जोडेको छ। नेपाल छैटौं स्थानमा रहेको छ। अंक विहीन पीएनजी १३ खेल खेल्दै पुछारमा रहेको छ।

नेपालले दोस्रो खेल युएईविरुद्ध मार्च १८ मा खेल्नेछ।  यस्तै नेपालको तेस्रो खेल युएईविरुद्ध नै मार्च २१ तारिखमा हुनेछ। नेपालले अन्तिम खेल पीएनजीविरुद्ध मार्च २२ मा खेल्नेछ।