लालबन्दी नगरपालिकाले दियो भोली बिहिवार सार्वजनिक बिदा

475
Friendship Mobile

सर्लाही | लालबन्दी नगरपालिकाले बुधवार एक सुचना जारी गर्दै भोली बिहिवार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

नगरपालिकाले आफ्नो अधिकार प्रयोग गरी बर्षमा ३ दिन बिदा दिन पाउने नियम अन्तर्गत  भोली (बिहीबार) बिदा दिने निर्णय गरेको नगर प्रमुख मान बहादुर खड्काले जानकारी दिनुभयो ।

पर्सि ४ गते (शुक्रबार ) तराई होलीका दिन प्रदेश बिदा अन्तर्गतको बिदा परेकोले भोली मात्रै नगरपालिकाले बिदा दिएको हो ।

यसैबीच  नगर प्रमुख खड्काले फागु पुर्णिामा अर्थात होलीको अवसरमा शुभकामना दिनु भएको छ । उहाँले रंगिन पर्व होलीको अवसरमा सम्पुर्ण लालबन्दी नगरवासी सङ्गै सबै नेपालीलाई शुभकामना दिनुभएको हो ।

उहाँले होली मनाउने नाउँमा उछृङ्खल गतिविधि नगर्न र सभ्य भएर होली मनाउन आग्रह गर्नुभयो ।

नगर प्रमुख खड्काले कसैको इच्छा बिपरित  रंग नदल्न र जबर्जस्ती नगर्न अनुरोध गर्नुभयो ।