निजगढ नगरपालिका वडा नं. १२ बाट कांग्रेसका ज्ञान बहादुर गोल पुन: वडा अध्यक्ष निर्वाचित

162
Friendship Mobile

निजगढ नगरपालिका–१२ को वडा अध्यक्षमा गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवार ज्ञान बहादुर गोले विजयी भएका छन् । उनी ८ सय ७१ मतसहित विजयी भएका हुन् । उनका निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका उम्मेदवार युवक मुक्तनले ६ सय २२ मत प्राप्त गरेका छन् । मुक्तनलाई २ सय ४९ मतले पराजित गर्दै गोले विजयी भएका हुन ।

वडा अध्यक्षसहित सबै सदस्य विजयी भएका छन् । यसअघि २०७४ को स्थानिय तहको निर्वाचनमा २ सय ६९ फराकिलो मतान्तरण सहित विजयी भएका उनी यसपटक पनि फराकिलो मतान्तरणले बिजयी भएका हुन ।

२०७४ को स्थानिय निर्वाचनमा वडा नम्बर १२ मा नेपाली काँग्रेसका ज्ञान बहादुर गोले ६ सय ३९ मत सहित बिजयी भएका थिए भने निकटतम् प्रतिद्धन्द्धी नेकपा एमालेका सिताराम प्रसाद खतिवडले ३ सय ७० मत प्राप्त गरेका थिए ।

यस्तै नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का धन बहादुर खुलालले ५६ मत, नयाँ शक्ति पार्टी, नेपालका बिनोद लामा थिङले १० मत र राष्ट्रिय प्रजातन्त्र पार्टीका मान बहादुर गोलेले २ मत प्राप्त गरेका थिए ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले २ हजार १ सय ६७ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले १ हजार ७ सय ५२ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ हजार ८ सय ४२ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले १ हजार ८ सय ३५ मत प्राप्त गरेका छन् ।