निजगढ अपडेटः १० मा ३ सय मत गन्दा एमालेलाई उछिन्दै, गठबन्धनको अग्रता

150
Friendship Mobile

निजगढ वडा नंं १० को ३ सय मतगणनाको प्रारम्भिक मतपरिमाण सार्वजनिक गरिएको छ । वडा नं १० को मतगणना गर्ने क्रममा वडा अध्यक्षमा गठबन्धकका पदम बहादुर मोक्तनले १ सय ७८ मत प्राप्त गरी अग्रता कायम गरेका छन् भने नेकपा एमालेका उम्मेदवार आशाकाजी श्रेष्ठले १ सय ११ मत ल्याई पछ्याईनै रहेका छन ।

यस्तै, निजगढमा अहिले सम्मको मतगणना अनुसार वडा नम्बर १० मा नगरप्रमुखमा कांग्रेसको अग्रता कायम छ । नगर प्रमुखका उम्मेदवार सुरेश खनालले १ सय ७९ मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सुरथ पुरीले ९७ मत प्राप्त गरेका छन् । यस्तै, नगर उपप्रमुखका उम्मेदवार रविराज दंगालले १ सय ८० मत प्राप्त गरेका छन् भने, नेकपा एमालेका सोममाया थिङ्गले ८६ मत प्राप्त गरेका छन् ।