गठबन्धनका उम्मेदवार सुमन लामालाई एमालेका टेकबहादुर लामाले पराजित

172
Friendship Mobile

स्थानीय तह निर्वाचनको नतिजा सार्वजनिक भईरहदाँ विभिन्न रोचक पक्ष बाहिर आईरहेको छ ।

नेकपा (एमाले) ले बाराको निजगढ नगरपालिकाको वडा नं. ७ मा विरासत जोगाएको छ । गत निर्वाचनमा एमालेका रामजी बजगाई निर्वाचित भएका थिए ।

गठबन्धनका उम्मेदवार सुमन लामालाई एमालेका टेकबहादुर लामाले पराजित गरेका हुन् । सुमनलाई माओवादीको समेत समर्थन थियो । टेकबहादुरले एक सय ४६ मतान्तरले विजयी भए । उनले ९ सय १७ मत ल्याए भने सुमनले ७ सय ७१, राप्रपाका बमबहादुर थापा मगर अर्जुनले ३ सय २७ मत ल्याए ।

२५ वर्षपछि भाई
२५ वर्षअघि टेकबहादुरका दाई दिलबहादुर लामा निर्वाचित भएका थिए । साविक निजगढको वडा नं. ६ मा एमालेबाट दिलबहादुर लामा निर्वाचित भएका थिए । दिलबहादुरले आधा दशकबढी एमाले निजगढको नेतृत्व गरेका थिए । मेयर पदका आकांक्षि उनी सिफारिसमा परेपनि पार्टीले सुरथ पुरीलाई टिकट दिएको थियो ।

टेकबहादुर पार्टीका वडा कमिटी अध्यक्ष हुन् । युवा संघबाट राजनीति यात्रा थालेका टेकबहादुर पार्टी गतिविधिसंगै व्यवसायमा समेत सक्रिय छन् । उनी व्यवसायिक केरा खेती किसान समेत हुन् ।

मेयर
सुर्य -८८९
रुख -६४९
हलो – ३०५
उपमेयर
सुर्य -८४०
हसिँया हथौडा-६८५
हलो- ३२५