निजगढ ६ मा नेकपा एमालेका घनश्याम तिमल्सिना विजयी


बाराको निजगढ वडा नं ६ मा एमालेका वडा अध्यक्ष उम्मेदवार घनश्याम तिमल्सिना विजयी भएका छन । तिमल्सिनाले ७ सय ५३ मत प्राप्त गरी जित हात पारेका हुन ।
उनका निकटतम प्रतिद्धन्दी राप्रपाका लिला बहादुर राउतले ६ सय ६८ मत प्राप्त गरेका थिए भने गठबन्धनका धनमाया लामाले २ सय ६१ मत प्राप्त गरेका छन ।
वडा नम्बर ६ बाट प्रमुख पदमा एमालेका सुरथ पुरीले ८ सय ५२ मत पाए त्यसैगरी गठबन्धनका सुरेश खनालले ७ सय १९ मत प्राप्त गरेका छन ।
उपप्रमुखमा एमालेका सोममाया थिडले ७ सय १ मत र गठबन्धनका रविराज दगालले ७ सय ५३ मत प्राप्त गरे ।