राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगरको आयोजनमा तीज कार्यक्रम सम्पन्न

168
Friendship Mobile

हिन्दु महिलाहरुको महान चार्ड हरितालिका तीज २०७९ को अवसरमा राप्रपा भातृ संगठन राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगरको आयोजनमा आज आईतबार तीज कार्यक्रम सम्पन्न भएको छ । निजगढ नगरपालिका वडा नं.८ स्थित बैनक्युट हलको सभाहलका सो कार्यक्रमको आयोजना भएको थियो । कार्यक्रममा प्रमुख अतिथि राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन की केन्द्रिय अध्यक्ष अन्जना शाह रावलले पानसमा दिप प्रज्वल गरि कार्यक्रमको उद्घाटन गर्नुभएको थियो । कार्यक्रममा विशिष्टको रुपमा अतिथि राप्रपा केन्द्रिय सह महामन्त्री मोहन यादव, केन्द्रिय सदस्य विनोद भारती, राप्रपा पूर्व केन्द्रिय सदस्य सावित्री भारती, राप्रपा जिल्ला अध्यक्ष गिरीधारी चौधरी लगायत रहनु भएको थियो भने, अतिथिहरुमा मधेश प्रदेश सदस्य वासुदेव तिमल्सिना, राप्रपा किसान केन्द्रिय सदस्य निर्मल खड्का, पर्सा जिल्लाका नेता नरेश साह,क्षेत्र नं.१ (क) प्रदेशका अध्यक्ष भक्त दर्लामी, मेची महाकाली संयुक्त आवजकी बारा जिल्ला अध्यक्ष सावित्रि बराल, राप्रपा निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेती , नगर सचिव राजेन्द्र सापकोटा, युवा संगठनका निजगढ नगर अध्यक्ष क्रान्ति दाहाल, वडा नंवर ६ का राप्रपाका उम्मेदवार निकटतम प्रतिद्वन्दी केशव राउत लगायतको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा लोकदोहोरी गायकमा बद्री राउत र गायीकाहरुमा रुपमा सिता लम्साल, प्रमिलाका आले मगर, जशु अधिकारी लगायतको प्रस्तुती रहेको थियो ।
कार्यक्रमको सभाध्यक्ष राष्ट्रिय प्रजातान्त्रिक महिला संगठन निजगढ नगर की अध्यक्ष गीता भट्टराईले गर्नुभएको थियो ।
कार्यक्रममा स्वागत मन्तब्य राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनकी बारा जिल्ला सचिव सिता गौतम उप्रेतीले दिनुभएको थियो । लोकदोहोरी कार्यक्रम बेजोड प्रस्तुती रहनुका साथै सयौको संख्यामा महिलाहरुको उपस्थिती रहेको निजगढ नगर अध्यक्ष खड्ग प्रसाद उप्रेतीले बताउनुभयो ।
कार्यक्रममा दरखाने कार्यक्रमको समेत आयोजना गरिएको र कार्यक्रम संचालन युवा संगठनकी केन्द्रिय सदस्य सुष्मा बस्नेतले गर्नु भएको थियो ।