कीवनिज अन्तर्राष्ट्रियको पोखरामा चौथो अधिवेशन सम्पन्न, गभर्नरमा लम्साल चयन

228
Friendship Mobile

बालबालिकाको क्षेत्रमा काम गर्दै आएको किवानिज इन्टरनेशनल नेपालको तीन दिने कन्भेन्सन पोखरामा सम्पन्न भएको छ । बिहिबार देखि पोखरामा सुरु सम्मेलन शनिबार सम्पन्न भएको छ ।

कार्यक्रममा बाल्दै किवानिज इन्टरनेशनल नेपालका अध्यक्ष एकराज पन्त र किवानिज इन्टरनेशनलका अध्यक्ष पिटर जे मन्कुसोले कन्भेन्सनको उद्घाटन गरेका थिए ।

अध्यक्ष पन्तले किवानिज इन्टरनेशनल नेपालमा भइरहेको कामको बारेमा जानकारी गराएका थिए । किवानिज इन्टरनेशनलका अध्यक्ष पिटर जे मन्कुसोले ४०० सय बढी सहभागीलाई प्रशिक्षण दिएका थिए । उनले अन्य विकासोन्मुख देशहरु भन्दा नेपालमा किवानिजले बालकालिकाको क्षेत्रमा उत्साहप्रदरुपमा काम गरेकोमा आफू उत्साहित भएको बताए ।

British college

अध्यक्ष एकराज पन्तले हाल नेपाल भित्र ११५ वटा किवानिज क्लबमा २००० भन्दा बढी सदस्य आवद्ध रहेको उल्लेख गरे । ‘हामीले विभिन्न जिल्लामा बालबालिकालाई स्टेशनरी, खाजा, खेलकुद सामग्री लगायतका सामान प्रदान गर्दै आएका छौं । यस्तै बालबालिकाको नेतृत्व विकास, मनोवैज्ञानिक परामर्श लगायतका कार्यक्रम सञ्चालन गदैँ आएका छौ,’ उनले भने ।

किवानिज इन्टरनेशनल नेपालको गर्भनरमा लक्ष्मण लम्साल

किवानिज ईन्टरनेशनल नेपालको वर्ष २०२२ –२३ का लागी गर्भनरमा लक्ष्मण लम्साल चयन भएका छन । लम्सालले आगामी अक्टोबर १ देखि कार्यभार सम्हाल्ने छ । त्यस्तै किवानिज नेपालको निवर्तमान गर्भनरमा एकराज पन्त , गर्भनर इलेक्टमा तीर्थ कुमार सिंह र भाईस गर्भनरमा कृष्ण प्रसाद ज्ञावाली चयन भएका छन ।

सन् १९१५ मा अमेरिकाको मिचिकन डिट्रेट भन्ने सहरमा स्थापना भएको यो संस्थाले वालवालिका र शिक्षाको क्षेत्रमा काम गर्दै आएको छ । नेपालमा भने सन् २०१५ देखि किवानिज क्लव औपाचारिक रुपमा स्थापना भएको हो । नेपालमा पनि क्लवले विभिन्न विद्यालयमा वालवालिकाको क्षेत्रमा लक्षित विभिन्न कार्य गर्दै आएको छ ।