एमाले बागमती अधिवेशन : सहमतिको प्रयास जारी, भोलिलाई सर्यो मतदान

44
Friendship Mobile

नेकपा एमाले बागमती प्रदेश कमिटीको नेतृत्व चयनका लागि आज मतदान नहुने भएको छ । भोलि बिहान ८ बजेबाट मतदान प्रक्रिया सुरु हुने प्रमुख निर्वाचन अधिकृत डिल्ली मैनालीले जानकारी दिए । 

अझै सहमतिको प्रयास जारी भएको भन्ने आग्रहका आधारमा भोलिसम्मका लागि मतदानको कार्यक्रम स्थगित गरेको उनले बताए । अहिले सहमतिको प्रयास जारी भएकाले आज ९ बजे अन्तिम नामावली प्रकाशनको समय तोकिएको छ । भोलि बिहान ८ बजेदेखि दिउँसो ३ बजेसम्म मतदानको समय तोकिएको छ । 

अध्यक्षमा उम्मेदवारी दिएका कैलाश ढुंगेल र कृष्णप्रसाद दाहाल अझै आफ्नो अडानबाट पछि नहटेपछि सहमतिको प्रयास सफल नभएको बताइएको छ ।