साहको निधनप्रति राप्रपाद्वारा दुःख व्यक्त

69
Friendship Mobile

 राष्ट्रिय प्रजातन्त्र पार्टी केन्द्रीय सदस्य एवं बारा जिविसका पूर्व सभापति राजनारायण साहको निधनप्रति दुःख व्यक्त गरेको छ । 

पार्टी प्रवक्ता एवं प्रचार विभाग प्रमुख मोहनकुमार श्रेष्ठद्वारा आज जारी शोक वक्तव्यमा भनिएको छ, “राप्रपाका केन्द्रीय सदस्य, बारा जिविसका पूर्व सभापति राजनारायण साहको आज निधन भएको खबरले अत्यन्तै दुःखी भएका छौँ । दिवङ्गत आत्माको चिर शान्तिको कामना गर्दै भावपूर्ण श्रद्धान्जली अर्पण गर्दछौँ, साथै शोकाकुल परिवारमा हार्दिक समवेदना प्रकट गर्दछौँ ।”

मस्तिष्कघातका कारण अस्वस्थ हुनुभएका साहको उपचारका क्रममा आज निधन भएको हो । साहको निधनबाट राप्रपाले नीति, विचार, सिद्धान्तप्रति अविचलित निष्ठा राख्ने तराइ मधेश क्षेत्रको एकजना लोकप्रिय राष्ट्रवादी नेता गुमाएको वक्तव्यमा उल्लेख गरिएको छ