२०८३ जेष्ठ २४ आईतवार

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ जेष्ठ २४ आईतवार

भारत एशियाकै सबैभन्दा ‘भ्रष्ट देश’ ३९ प्रतिशतसम्म घुसखोरी हुने

ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणले दक्षिण एशियाली राष्ट्रमध्ये भारतमा सबैभन्दा धेरै अर्थात् समग्रमा ३९ प्रतिशतसम्म घुसखोरी हुने गरेको देखाएको छ । अन्यत्रको तुलनामा एशियाली देशमा सबैभन्दा बढी घुस खुवाउने प्रचलन रहेको र सार्वजनिक निकाय तथा सरकारी कार्यालयको काम ४६ प्रतिशतभन्दा बढीले व्यक्तिगत सम्पर्क र चिनजानका आधारमा फत्ते गर्ने गरेको पाइएको छ ।

सर्वेक्षणमा ५० प्रतिशत नागरिकले सार्वजनिक निकायबाट कुनै पनि काम गराउँदा घुुस दिने गरेको र ३२ प्रतिशतले व्यक्तिगत चिनजानको अभावमा आफ्नो काम नभएको समेत बताएका छन् । इन्टरनेशनलले एशियाली १७ वटा मुलुकका २० हजार जनामा करिब एक वर्ष लगाएर गरेको सर्वेक्षणमा उक्त तथ्य देखिएको हो । यस क्रममा ती देशका प्रहरी, अदालत, सार्वजनिक अस्पताल र टेण्डर प्रक्रियामा सहभागी सार्वजनिक निकायलाई समेटिएको थियो ।

भारतमा प्रहरीसँग सम्पर्कमा आएका ४२ प्रतिशतले घुस खुवाउनुपरेको बताएका छन् भने ४१ प्रतिशतले अतिरिक्त रकम नबुझाएसम्म प्रहरीले नियमानुसार दिनुपर्ने वा फिर्ता गर्नुपर्ने कागजातसमेत नदिने गरेको बताएका छन् । त्यसैगरी व्यक्तिगत चिनजान र सम्पर्कको आधारमा काम गर्नेमध्ये प्रहरीमा ३९ प्रतिशत, टेण्डर प्रक्रियामा ४२ प्रतिशत र अदालतमा ३८ प्रतिशत मानिस देखिएका छन् । अन्य सरकारी तथा सार्वजनिक निकायमा सेवा प्राप्त गर्न घुस खुवाउनुपर्ने चलन भारतमा अझै पनि महामारीझैँ फैलिरहेको समेत सर्वेक्षणमा उल्लेख छ ।

अहिले विश्वका घुस लेनदेन र भ्रष्टाचार हुने १ सय ८० राष्ट्रमध्ये भारत ८० औं स्थानमा छ । ट्रान्सपरेन्सी इन्टरनेशनलको पछिल्लो सर्वेक्षणमा नेपालका ५८ प्रतिशत र थाइल्याण्डका ५५ प्रतिशत नागरिकले आफ्नो मुलुकमा भ्रष्टाचार व्याप्त भएको बताएको पनि उल्लेख गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।