२०८३ कार्तिक १८, बुधबार १७:५९

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १८, बुधबार १७:५९

रौतहटमा युवकमाथि गोली प्रहार, अवस्था गम्भीर

सर्लाही । रौतहटमा गएराति अज्ञात व्यक्तिले एक युवामाथि गोली प्रहार गरेको छ। गोली लागेका युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ। 

गौर नगरपालिका- ४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति सवा ९ बजे बजेतिर स्थानीय २८ वर्षीय राकेश यादवमाथि गोली प्रहार भएको हो। 

उनलाई पेस्तोलको गोलीका छर्रा लाग्दा दाहिने खुट्टा तथा शरीरका विभिन्न भागमा चोट लागेको प्रहरीले जनाएको छ। 

यादवलाई प्रादेशिक अस्पताल गौरमा सामान्य उपचारपछि थप उपचारका लागि राति नै वीरगन्ज लगिएको छ। उनको नेपाल मेडिसिटी बयोधा अस्पतालमा उपचार जारी छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते यादवको ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी ६ वटा गोलीका छर्रा लागेको छ। 

घटनास्थलमा ७.६२ एमएम पेस्तोलको तीन वटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ।

घटनाबारे जिल्ला प्रहरी कार्यालय रौतहटले अनुसन्धान सुरु गरेको छ। 

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।