२०८३ कार्तिक १८, बुधबार १७:५८

ट्रेन्ड्स :-

Search

ट्रेन्ड्स :-

Search
२०८३ कार्तिक १८, बुधबार १७:५८

गृहमन्त्री महतोले गरे निर्माणाधिन प्रहरी भवनको निरिक्षण

सर्लाही । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले बुधबार बिहान रौतहटको बौधिमाई नगरपालिका–५, कोपवामा निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवनको स्थलगत निरीक्षण तथा अनुगमन गर्नुभएको छ।

निरीक्षणका क्रममा मन्त्री महतोले भवन निर्माणको भौतिक प्रगति, निर्माण कार्यको अवस्था तथा प्रहरी कार्यालय सञ्चालनका लागि आवश्यक पूर्वाधारबारे जानकारी लिनुभएको थियो ।

सोही क्रममा उहाँले आगामी चाडपर्वलाई लक्षित गर्दै सर्लाही र रौतहट जिल्लाको समग्र सुरक्षा अवस्थाबारे समेत जानकारी लिनुभएको छ । दुवै जिल्लामा शान्ति सुव्यवस्था कायम गर्न सुरक्षा निकायले अपनाएका तयारी, सुरक्षा रणनीति तथा सम्भावित चुनौतीका विषयमा उहाँले सम्बन्धित सुरक्षा अधिकारीहरूसँग छलफल गर्नुभएको थियो ।

चाडपर्वको समयमा हुन सक्ने चोरी, लुटपाट, तस्करीलगायत आपराधिक गतिविधि नियन्त्रण गर्दै नागरिकको जीउधनको सुरक्षा सुनिश्चित गर्न सुरक्षा निकायलाई थप सतर्क, सक्रिय र जिम्मेवार भएर काम गर्न मन्त्री महतोले निर्देशन दिनुभएको छ ।

उहाँले सुरक्षा व्यवस्थालाई प्रभावकारी बनाउन आवश्यक पूर्वाधार विकास, सुरक्षा निकायबीच समन्वय तथा नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिनुभएको थियो ।

निर्माणाधीन इलाका प्रहरी कार्यालयको भवन सम्पन्न भएपछि स्थानीय क्षेत्रमा प्रहरी सेवा प्रवाह थप सहज हुनुका साथै शान्ति सुरक्षा कायम गर्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

छुटाउनुभयो कि ?

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।