लालबन्दी । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको वडा कमिटिले निशुल्क आँखा जाँच शिबिर सम्पन्न गरेको छ । सर्लाहीको लालबन्दी १५ स्थित वडा कमिटिले शिबिरको आयोजना गरेको हो ।




शिबिर अन्तर्गत आज कटहरबोट गाउँका स्थानीयको आँखा जाँच गरिएको शिबिरस्थलबाट बिक्रम खड्काले जानकारी दिए । स्थानीय बिपन्न नागरिकको आँखा जाँच गर्ने उद्धेश्यले आयोजना गरिएको शिबिरमा ४१ जनाले आँखा जाँच गराएका खड्काले बताए ।
शिबिर वडा नम्बर १५ को बिभिन्न स्थानमा आयोजना भएको र बोहोरेडाँडा, सिरकालिन्जोरका स्थानीयको आँखा जाँच सँगै शिबिर सम्पन्न हुने छ ।



रास्वपाका वडा सभापति चन्द्र बहादुर रायका अनुसार ज्योती भिजन फाउण्डेशन वीरगन्जको प्राविधिक सहयोगमा निशुल्क आँखा जाँच शिबिर आयोजना गरिएको हो । यसअघि देउराली, भुमरा र झरझरा गाउँमा शिबिर सम्पन्न भएको छ ।

जिल्लाका बिकट वडामध्येको एक यस वडाका बिभिन्न स्थानमै निशुल्क आँखा जाँच शिबिरको आयोजना गरिएको यो पहिलो पटक हो । आफ्नै ठाउँमा निशुल्क आँखा जाँच्न पाउँदा स्थानीयले खुसि हँदै आयोजक तथा चिकित्सकहरुलाई धन्यवाद दिएका थिए ।









