रौतहटका मुसहर समुदायले पनि मनाए विश्व हात धुने दिवस


विश्व हात धुने दिवस रौतहटका मुसहर समुदायले पनि मनाएका छन । रौतहटका विभिन्न स्थानहरुमा मुसहर समुदायहरुले हात धुने तरिका सिक्दै सिकाउँदै मनाएका छन ।
रौतहटको गुजरा, फतुवा विजयपुर , चन्द्रपुर , गौर, बृन्दावन लगायतका मुसहर समुदाय बसोबास गर्ने स्थाहरुमा सबैले हात धोएर मनाइएको नेपाल राष्ट्रिय मुसहर संघ रौतहट केन्द्रिय उपाध्यक्ष नथुनी मझीले जानकारी दिनु भयो ।
मुसहर जातीका बालबालिकाहरुले हात धुने तरिका बारे थाहा नभएकोले विहिबार यहि अवसरमा मुसहर समुदायका बालबालिकाहरुलाइ सिकाइएको रौतहट अध्यक्ष बिनोद माझीले बताउनु भयो ।
कार्यक्रममा सचिव मेथुन माझी ,सदस्य बलिराम माझी लगायत जनप्रतिनिथि , स्थानिय नागरिकहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।