राजमार्गमा गाडी चलाउँदै गरेका ५ बर्षीय बालक प्रहरी नियन्त्रणमा, प्रहरी छक्क

495
Friendship Mobile

(बिबिसीको सहयोगमा) | अमेरिकाको यूटा राज्यमा खल्तीमा तीन डलर बोकेर गाडी चलाउदै गर्दा एक पाँच बर्षका बालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । ति वालक आफू महँगो गाडी किन्न अर्को राज्यतिर जान लागेको प्रहरीलाई बताएका छन् ।

समाचारमा बिबिसीले लेखेको छ ‘धेरैजसो पाँच वर्षीय बालकहरू भान्छामा दूध पोखेर वा कुकुरको पुच्छर तानेर अभिभावकलाई तनाव दिन्छन् । तर पाँच वर्षीय एड्रीअनले परिवारको गाडी सडकमा निकाले र प्रहरीको नियन्त्रणमा पुगे ।’

राजमार्गमा ५० किलोमिटर प्रतिघण्टाको गतिमा गुडिरहेको गाडीले सडक अनुशासन पालना नगरेको देखेपछि प्रहरीले रोकेको थियो । चालकले प्रहरीको निर्देशन अनुसार गाडी रोके । तर चालकको आसनमा एउटा बालकलाई देख्दा प्रहरीहरू छक्क परे । बालकले आफू महँगो ल्याम्बोर्गीनी गाडी किन्न हिँडेको बताए । प्रहरीलाई ती बालकले बताए अनुसार आफूले कम्तीमा एक लाख ८० हजार डलर पर्ने गाडी किनिदिन गरेको अनुरोध आमाले नमानेपछि रिसाएर उनी घर छोडेर हिँडेका थिए ।