उपत्यकामा २ हजार ४०२ जना नयाँ कोरोना संक्रमित

293
Friendship Mobile

काठमाडौं- पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा २ हजार ४०२  जना कोरोना संक्रमित थपिएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौंमा १ हजार ७८४, ललितपुरमा ३७४ र भक्तपुरमा २४४  जनालाई  कोरोना संक्रमण देखिएको छ। 

देशभर ४ हजार ३९२ जनालाई कोरोना संक्रमण पुष्टि भएको छ। योसँगै संक्रमितको कूल संख्या १ लाख २६ हजार १३७ पुगेको छ। 

२४ घण्टामा ३ हजार ५२२  जना डिस्चार्ज भएका छन्। डिस्चार्ज हुनेको संख्या ८८ हजार ४० पुगेको छ। 

आज देशभर ३७ हजार ३८२ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ।