सर्लाही सीडीओ कार्यालय आजबाट खुल्दै

228
Friendship Mobile

सदरमुकाम मलंगवामा रहेको जिल्ला प्रशासन कार्यालय सर्लाही आज (आइतवार) बाट खुल्दैछ ।

कार्यालयले नयाँ नागरिकता र नागरिकता प्रतिलिपी वितरण बाहेक अरु काम सूचारु गर्न लागेको हो । प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेल समेतगरी ५ जना कर्मचारीमा एकैपटक कोरोना संक्रमण पाइएपछि गत असोज २५ गतेदेखि कार्यालयको सेवा बन्द गरिएको थियो ।

संक्रमित सीडीओ पौडेल र अन्य कर्मचारीहरु सेल्फ आइसोलेसनमै बस्ने र बाँकी कर्मचारीहरुले आजबाट काम सुरु गर्ने तयारी गरिरहेको कार्यालयका प्रशासकीय अधिकृत रामप्रमोद यादवले जानकारी दिए ।

कार्यालयका सूचना अधिकारी समेत रहेका यादवका अनुसार भीडभाड हुन नदिन नागरिकता वितरणको काम तत्काललाई स्थगित नै राखेर विभिन्न खाले सिफारिस र नवीकरणको सेवा मात्रै सूचारु गर्न लागिएको हो । कार्यालय खुल्दा समेत नागरिकता लिन टोकन प्रणालीमार्फत धेरै दिन कुरेर लडाइँ नै गर्नुपरेको अवस्थामा पुनः अनिश्चित समयका लागि नागरिकता वितरणको काम रोकिएपछि सेवाग्राहीहरु भने मारमा परेका छन् ।

प्रशासकीय अधिकृत यादवले कोरोना संक्रमण पुष्टी हुनासाथ सेल्फ आइसोलेसन अर्थात आ–आफ्नो कोठामा बसिरहेका सीडीओ पौडेल र संक्रमित अरु कर्मचारीको आज थ्रोट स्वाब लिइने जानकारी दिए ।

उज्यालो अभियान बाट