रौतहतमा नाईहरुलाई दोश्रो चरणको राहत सामाग्री बितरण


रौतहटको गरुडा नगरपालिकाले नाईहरुलाई दोश्रो चरणको राहत सामाग्री बितरण गरेको छ । हालै बिश्व ब्यापी महामारिको रुपमा फैलिएको कोराना भाईरस कोभिड १९ बाट अति नै प्रभाबित भएका नाईहरुलाई गरुडा नगरपलिकाले राहत बितरण गरेको हो ।

नगरपालीका प्रमुख ईनु राय यादवले नेपाल नाई संघका जिल्ला अध्यक्ष रामधारी ठाकुरलाई राहत सामाग्री हस्तान्तरण गर्नु भएको हो ।
गरुडा नगरपालिको प्राङ्गणमा भएको राहत बितरण कार्यक्रमा नेपाल नाई संघका प्रदेश २ उपाअध्यक्ष उदय ठाकुर, बिनोद ठाकुर प्रदेश सदस्य प्रमोद ठाकुर लगाएतको उपस्थिती रहेको थियो ।
नगरपालिकाले २८ जनाको नाममा उपलब्ध गराएको राहत सामाग्रीे जिल्ला नाई संघका अध्यक्ष ठाकुर मार्फत नेपाल नाई संघ गरुडाका नगर अध्यक्ष गगनदेव ठाकुलाई जिम्मा लगाईएको नाई संघ गरुडाका नगर सचिव राम नरायण ठाकुरले बताउनुभयो ।