तत्कालिन राजपाका केन्द्रीय सचिव पासवानले दिए पार्टिबाट रजिनामा

430
Friendship Mobile

जनता समाजवादी पार्टी (जसपा) का नेता राजाराम पासवानले पार्टीबाट साधारण सदस्य समेत नरहने गरी परित्यागको घोषणा गरेका छन् ।

पासवानले सोमबार बिहान नवलपुरमा पत्रकार सम्मेलन मार्फत जसपाको साधारण सदस्य समेत नरहने गरी पार्टी छाडेको घोषणा गरेका हुन् । लालबन्दी नगरपालिका–२, जुटपानी निवासी पासवान पार्टी एकीकरण हुनुपूर्व राष्ट्रिय जनता पार्टी (राजपा) केन्द्रीय सचिव हुन् ।

समाजवादी पार्टीसँग एकीकरण भएपछि भने पासावनको पद तोकिएको थिएन् । चमार, मुसहरको बस्तीमा डोजर चल्दा, भोकले दलित मर्दा तथा हिरासतभित्रै मारिँदा, दलित चेली बलात्कृत हुँदा समेत केही नबोल्ने र पारिवारिक तथा जातिय स्वार्थ पूरा गर्ने पार्टीमा बस्न उचित नठानेर पार्टी परित्याग गरेको पासवानले पत्रकार सम्मेलनमा बताए ।

पाश्वानले जारी गरेको प्रेस बिज्ञप्ती

उनले मधेशवादी नेताहरुले मधेशी जनतालाई मधेश र मधेशीको नारामार्फत भुलभुलैयामा पारेर भजाउने काम मात्र गरेको आरोप लगाए । ‘मधेशी, दलित, जनजाती, मुस्लिम लगायत पिछडावर्ग समुदायको बलिदानीको जगमा राजनीति गर्ने तर पार्टीको कार्यकर्ता नै नरहेका तथा आफ्ना श्रीमति, भाई, भतिजा, साला साली, सम्धी, सम्धीनीलाई अवसरहरु प्रदान गर्ने चरम नातावाद देखियो’, पासवानले दाबी गरे, ‘सत्ता र शक्तिका लागि सौदावाजी गर्ने तथा ठूलो रकमको चलखेलबाट पार्टीको कार्यकर्ता नै नभएपनि समानुपातिक सांसद् लगायतमा मनोनित गर्ने विकृत्ति देखिएको छ ।’

जसपा लगायत राजनीतिक दलहरुबाट दलितलाई कीरा फट्यांग्रा सम्झने र अति पिछडा जातहरु निषाद, विन, मलाह, कोइरी, कुम्हार, वरही, कानु, हजाम जस्ता जातिहरुलाई केवल भोट बैंक बनाएर राख्ने काम मात्रै भइरहेको पासवानको आरोप थियो । पासवानले अबदेखि पूर्ण रुपमा दलितहरुको संगठन बहुजन समाज परिषद्मा लागेर आफ्नो समुदायलाई नेतृत्व तहमा पु¥याउने कार्यमा लाग्ने पत्रकार सम्मेलनमा उद्घोष गरे ।

उनले अब आफ्नो संघर्ष तमाम दलितसँगै आदिवासी, जनजाति, थारु र अति पिछडा वर्गको हकमा केन्द्रित हुने बताए । कानूनमा उल्लेख भएअनुसार दलितको जनसंख्याका आधारमा राज्यका हरेक अंगमा प्रतिनिधित्व नगराएको उल्लेख गर्दै दलित समुदायप्रति हेर्न नजर सबै राजनैतिक दलको उस्तै रहेको पासपानको आरोप थियो ।