सप्तरिको शम्भुनाथ नगरपालीकामा कांग्रेसले ग¥यो अगुवा कार्यकर्ता भेला तथा रक्तदान कार्यक्रम

456
Friendship Mobile
  • राज बिश्वकर्मा, सप्तरि ।

प्रधानमन्त्री केपि शर्मा ओलीले संसद बिघटन गरेपछि मुलुकमा बिभिन्न टिका टिप्पणी र बिरोध प्रदर्शन भईरहेका बेला नेपाली कांग्रेस सप्तरिले सोमवार बृहत अगुवा कार्यकर्ता भेला तथा रक्तदान कार्यक्रम सम्पन्न गरेको छ ।

जिल्लाको शम्भुनाथ नगरपालीकामा कांग्रेसले अगुवा कार्यकर्ता भेला सँगै रक्तदान कार्यक्रम गरेको हो । कांग्रेस शम्भुनाथ नगर कमिटि सभापती सुरेन्द्र प्रसाद गुप्ताको संयोजकत्वमा भएको कार्यक्रममा कांग्रेसका केन्द्रिय सदस्य एवं पुर्व मन्त्री मोहन बहादुर बस्नेतको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै पुर्व मन्त्री बस्नेतले संसद बिघटन गर्नु ओलीको ठुलो मुर्खता भएको र यस्ले देशलाई फाईदा नपुग्ने बताए ।

फरक प्रशंगमा बोल्दै पुर्व मन्त्री बस्नेतले कोरोनाको संकटका बेला हुन सक्ने रक्त अभावलाई केहि मात्रामा भएपनी परिपुर्तीका लागी भएको रक्तदान कार्यक्रममा रक्तदान गर्नेहरुलाई धन्यवाद प्रकट गरेका थिए । नगर प्रमुख योगेन्द्र प्रसाद चौधरि, उप–प्रमुख कबिता कुमारि सरदार सहितका जिल्लाका कांग्रेस नेता, कार्यकर्ताहरुको उपस्थितीमा भएको कार्यक्रममा १० जनाले रक्तदान गरेका थिए ।

शम्भुनाथ नगरपालीकाको वडा नम्बर ६ स्थित कठौना बजारमा भएको कार्यक्रममा कांग्रेसका जिल्ला सभापती दिनेस कुमार यादव, वडाध्यक्षहरु २ नं. वडाका दुर्गानन्द भगत, ३ का सत्रूघन प्रसाद चौधरि, ८ का लक्ष्मिकान्त चौधरि, ९ का मनोज कुमार चौधरि, ११ का शम्भु प्रसाद चौधरि र १२ का लक्ष्मि साह सहितका ब्यक्तिहरुको उपस्थिती रहेको कार्यक्रम उद्घोषक बिरेन्द्र कुमार पण्डितले जानकारि दिए ।