रौतहट प्रहरिले मंगलवार करिव साँडे ३ लाख बराबरको अवैध समान सहित ईसनाथका यादवलाई भन्सार कार्यालय गौरमा बुझायो

401
Friendship Mobile

जिल्ला प्रहरि कार्यालय रौतहटले करिव साँडे ३ लाख बराबरको अवैध समान तथा गाईबस्तु गौर भन्सार कार्यालयमा बुझाएको छ ।

पछिल्लो समय प्रहिरले सिमा नाकाबाट हुने तस्करि नियन्त्रणका लागी बिशेष सक्रियता बढाएको छ । सोहि अनुरुप प्रहरिले अवैध सरसमान बरामद गर्ने र भन्सार कार्यालयमा बुझाउने तथा आवश्यक कारवाही गर्ने क्रम बढेको छ ।

सोमवार मात्रै प्रहरिले भन्सारि छली नेपाल भित्र्याउँदै गरेको अवस्थामा गौर नगरपालीकाको २ नम्बर वडाबाट करिव ६० हजार १८० रुपैँया बराबरको कपडा, पुजा गर्ने लोटा, मोबिल, दाल लगाएतका समान बरामद गरेको थियो भने सोही दिन प्रहरिले करिव ५८ हजार पाँच सय बराबरको सोफि नामक मदिरा बरामद गरेको छ । सोमवार राती नेपालबाट भारततर्फ ७८ वटा कार्टुनमा २,३४० पिस सोफि लिएर जाँदै गरेका ब्यक्ति प्रहरिलाई देखि भागेपछि राजदेवि नगरपालीका ९ स्थित ब्रम्हपुरिबाट उक्त परिमाणको मदिरा बरामद गरेको प्रहरिले बताएको छ ।

त्यसैगरि मंगलवार बिहान करिव साँडे ५ बजेको समयमा गौर नगरपालीका ३ अन्तर्गतको बकैया खोलाको पश्चिमको बाँध क्षेत्रबाट भारतर्फ लैजाँदै गरेको अवस्थामा गाईबस्तु सहित एक ब्यक्तिलाई प्रहरिले नियन्त्रणमा लिएको छ । करिव २ लाख मुल्य बराबरको ८ ओटा गाई, ६ ओटा गोरु र एउटा बाच्छि समेत ईसनाथ नगरपालीका ९ बस्ने अन्दाजी बर्ष २१ का बिकाश यादव पक्राउ परेका छन ।

पक्राउ परेका यादव सहित बरामद करिव २ लाख १८ हजार ६८० रुपैँया बराबरको सामानलाई मंगलवार गौर भन्सार कार्यालयमा बुझाईएको जिल्ला प्रहरि कार्यालय रौतहटले जनाएको छ ।