कटहरियाबाट काठमाण्डौँ गएको बसमा लागुपदार्थ भेटियो, दुई जना पक्राउ

699
Friendship Mobile

रौतहटबाट काठमाडौं गएको बसबाट लागुऔषधिसहित दुई जना पक्राउ परेका छन् ।

प्रहरीले आइतबार साँझ पौने ५ बजे चन्द्रागिरि नगरपालिका २ नागढुंगाबाट दुई जनालाई पक्राउ गरेको हो । महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको टोलिले रौतहटबाट काठमाडौं जाँदै गरेको ना ६ ख ३१८१ नम्बरको यात्रुवाहक बसमा चेक गरेको थियो ।

बसबाट प्रहरीले रौतहट कटहरिया १ का २२ वर्षीय गोविन्दप्रसाद यादव र भारत विहार मोतीहारीका २३ वर्षीय साहेबलाल यादवलाई पक्राउ गरेको हो । महानगरीय प्रहरी वृत्तका अनुसार उनीहरू बसेको सिटमुनि लुकाइराखेको तीन वटा झोलामा लागुऔषध बरामद गरेको हो ।

उनीहरूबाट प्रहरी १२ सय डाइजेपाम, १२ सय फेनेर्गन र १२ सय नुफिन गरी सम्म ३६ सय एम्पुल बरामद गरेको हो ।

उनीहरूमाथि प्रहरीले लागुऔषध (नियन्त्रण) ऐन २०३३ बमोजिम अनुसन्धान अघि बढाएको छ ।